साताको दोस्रो दिन सोमबार शेयर बजार सामान्य देखिएको छ । सोमबार शेयर बजार सन्तुलित देखिए पनि कारोबार रकम भने आधा अर्बमै सिमित भएको छ ।

सोमबार शिवम सिमेन्टको सबैभन्दा बढि शेयर कारोबार हुँदा समग्र कारोबार रकम ५१ करोड रुपैयाँमा सिमित भएको छ । आइतबार ६२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा सोमबार कारोबार रकम ११ करोड रुपैयाँले घटेको हो ।

सो दिन शिवम् सिमेन्टको सबैभन्दा धेरै ७ करोड ३१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो भने प्रभु बैंकको पनि ६ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै नेपाल बैंकको २ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार हुदा अप्पर, कृषि विकाश बैंक, एनआई सी एशिया बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, जनता बैंक, नेपाल दुरसञ्चार कम्पनी र राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरको पनि १ करोड रुपैयाँभन्दा बढिको कारोबार भएको छ ।

सोमबार स्पर्श लघुवित्तको शेयरमुल्य सबैभन्दा धेरै झण्डै १० प्रतिशतले बढ्यो भने कर्णली विकाश बैंकको शेयरमुल्य पनि ८ प्रतिशतभन्दा धेरैले बढेको छ । त्यस्तै गोर्खाज फाइनान्सको शेयरमुल्य ७ प्रतिशतले बढेको छ भने सानिमा इक्वीटि फण्ड, एनएमबी हाइड्रोफण्ड फण्ड १, र सिद्धार्थ इक्वीटि फण्डको शेयरमुल्य पनि ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

सो दिन सिनर्जी पावरको शेयरमुल्य सबैभन्दा बढि ८ प्रतिशतले घटेको छ भने छ्याङ्दी हाइड्रोपावरको शेयरमुल्य पनि ७ प्रतिशतले घटेको छ । त्यस्तै आँखुखोला हाइड्रोपावरको शेयरमुल्य ४ प्रतिशतले घट्दा रिलाइन्स फाइनान्स, महुली समुदायीक लघुवित्त, एनएमबी माइक्रोफाइनान्स, एक्सेल डेभलपमेन्ट बैंक र युनाइटेड फाइनान्सको शेयरमुल्य पनि ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

सोमबार कारोबारमा आएका ११ वटा समुहमध्य ३ वटा समुह नकारात्मक देखिए भने बाँकि ८ वटा समुह सकारात्मक देखिएका छन । सो दिन उत्पादनमुलक समुह सबैभन्दा बढि ३७ अंकले बढेको छ ।

सोमबार नेप्से परिसुचक ०.३४ अंकले बढेर १३०२.९६ विन्दुमा कायम रह्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here