शेयर बजारमा मूल्य बढ्ने क्रम चल्दा कम्पनीहरुले घोषणा गरेका लाभांश पनि पच्ने अबस्थाले लगानकिर्ताहरुलाई झन् उत्साहित बनाईदिन्छ ।

केही दिन यता शेयर बजारमा खरिदको क्रम बढेर मूल्य उचालिएपछि कयौं कम्पनीहरुलmे गत बर्षको नाफाबाट वितरण गरेका लाभांश समेत पचेर पहिलेकै मूल्यमा शेयर आएको अबस्था छ ।

एनआईसी एशिया बैंकले वितरण गरेको १० प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश पचेको छ । एनआईसी एशियाको लाभांश वापतको मूल्य समायोजन हुँदा मूल्य ४०७ भन्दा तल गएकोमा अहिले उसको मूल्य ४३३ रहेकाले २१ प्रतिशत लाभांश पचेको हो ।

सपोर्ट माईक्रोफाईनान्सको १० प्रतिशत बोनस वापत मूल्य समायोजन भई प्रतिकित्ता रु ५४७ कायम भएकोमा अहिले उसको मूल्य ६८३ रहेकाले उसका शेयरधनीले पनि लाभांश पचाएर नाफा गरेका हुन् ।

साना किसान लघुवित्तका शेयरधनीले पनि २७ प्रतिशत बोनस सहितको लाभांश पचाएर नाफा गरेका छन् । मूल्य समायोजन हुँदा उसको शेयर मूल्य रु.७७४ रहेकोमा अहिले प्रतिकित्ता ९०० पुगेको छ ।

मन्जुश्री फाइृनान्सका शेयरधनीले पनि लाभांश पचाएर शेयरमा नाफा गरेका छन् । ११ प्रतिशत लाभांशको मूल्य समायोजन हूँदा उसको शेयर मूल्य १३२ रहेकोमा अहिले १५० पुगेको छ ।

यस्तै नबिल बैंकका शेयरधनीले पनि लाभांश पचाएका छन् । बैंकले १२ प्रतिशत बोनससहित ३२ प्रतिशत लाभांश घोषणा गर्दा मूल्य समायोजन भई ६६५ सम्म झरेकोमा अहिले साधारण शेयरको मूल्य प्रतिकित्ता ७१६ भन्दा माथि रहेकाले नबिलका शेयरधनीले लाभांश पचाएको देखिएको हो ।

त्यस्तै स्टान्डर्ड चार्टर्ड बैंकको साढे २२ प्रतिशत नगद लाभांश पनि लगभग पचेको छ ।

रिडी हाईड्रोको पाँच प्रतिशत बोनस शेयर वापत मूल्य समायोजन भई रु. ६८ मा मूल्य झरेकोमा अहिले ७२ रुपैयाँ पुग्दा त्यस कम्पनीका शेयरधनीले पनि लाभांश पचाएका छन् ।

समता लघुवित्तले ५ प्रतिशत बोनस शेयरसहित साढे १० प्रतिशत लाभांश प्रस्ताब गर्दा मूल्य समायोजन भई प्रतिकित्ता ५१० रुपैयाँमा झरेकोमा अहिले रु. ६७७ पुगेकाले त्यस कम्पनीका शेयरधनी धेरै नाफामा छन् ।

भर्खरै शेयर मूल्य अधिक रुपमा उचालिएको स्वाभिमान लघुवित्तको पनि लाभांश पच्ने अबस्था देखिएको छ । उसले २४ प्रतिशत बोनससहितको लाभांश घोषणा गर्दाको समयमा साढे आठ सयको हाराहारीमा रहेको शेयर मूल्य अहिले बढेर रु. ११७७ मा उक्लिएको थियो भने पुस २५ गते मूल्य समायोजन हुँदा रु९४९ कायम भएको छ ।

शेयर बजारमा खरिद चाप आई मूल्य बढ्न थाल्दा लाभांश पच्ने त सामान्य कुरा भयो, पूँजीगत लाभ नै धेरै भएर लगानीकर्ताले कमाउँछन् । यस्ता उदाहरणहरु अरु कम्पनीहरुको हकमा पनि लागु हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here