तिलक कोइराला ।

शेयर लगानी डटकममा केही समय यता किन केही सामाग्रीहरु प्रवाह भएन भनी आम चासो उत्पन्न भएकोमा त्यसलाई सम्बोधन गर्न यो सामाग्री पस्किएको छ ।

शेयर लगानी कम्पनी प्रा. लि लगानी सम्बन्धी कार्य गर्ने कम्पनी हो । यसले देशको पूँजी बजार लगायत विविध क्षेत्रमा लगानी गर्ने लक्ष्य लिएको छ । कम्पनीले आफ्नो नाममा शेयर लगानी डटकम संचालन गरी आम सर्बसाधारण लगानीकर्ताहरुमा सही सूचना प्रबाह गर्ने प्रयास गर्दै आएको हो । अहिलेसम्म कम्पनी र यसका संचालकको लगानीसँग स्वार्थ बाझिने गरी शेयर लगानी डटकममा कुनै समाचार वा सामाग्री प्रबाह भएका छैनन् र हुन दिईएको छैन ।

तर, आफै लगानी गर्ने कम्पनी भएको र यसका संचालकहरुले पनि पूँजी बजारमा प्रत्यक्ष रुपमा लगानी गरिरहेको हुनाले शेयर लगानी डटकमबाट प्रबाह हुने समाचारमुलक सामाग्रीहरुमा स्वार्थ बाझिने संभावना हुनसक्छ । त्यसरी स्वार्थ बाझिने गरी सूचना तथा समाचारहरु प्रवाह गर्नु आम सर्बसाधारण लगानीकर्ताहरुको हितमा नहुनसक्छ । आगामी दिनहरुमा कारोबारका दायरा बढ्दै जाँदा यसको जोखिम अरु बढी हुनसक्छ ।

कुनै कम्पनीमा केन्द्रित रहेर विचार वा सामाग्री प्रस्तुत गर्नु कम्पनी र यसका संचालकहरुले गरिरहेको लगानी प्रभावित हुनसक्ने संभावना पनि हुन्छ । कुनै कम्पनीको सकारात्मक वा नकारात्मक पक्षहरुको विवेचना गर्दा कम्पनी वा संचालकले धारण गरिरहेको शेयरका बारेमा स्वार्थ बाझिने अबस्था सिर्जना भयो भने त्यो आम लगानीकर्ताहरुकै हितका विरुद्ध हुन्छ । यसरी स्वार्थ बाझिने काम गर्नु यस कम्पनीका संचालकहरुकै नियत र अडान विपरित हुनजान्छ ।

तसर्थ अबका दिनहरुमा कुनै पनि कम्पनी तथा लगानीकर्ताहरुको नाम उल्लेख गरी यस शेयर लगानी डटकमले पक्ष वा विपक्षमा कुनै विचार वा सामाग्री पस्कने छैन, जसका कारण अरु लगानीकर्ताहरुमा कुनै एउटा निश्चित कम्पनीको शेयर किनबेच गर्ने धारण बनोस । पूँजी बजारमा लगानी गर्न आउने लगानीकर्ताहरुले आफ्नो स्वतन्त्र अध्ययन, विश्लेषण र निर्णयले लगानी गरुन् भन्ने सदिच्छा र जोडमा यस कम्पनीको निरन्तरता रहन्छ ।

पूँजी बजारका प्रबृत्ति र नीतिगत सवालहरुमा भने जमेर बहस र विचार विमर्श गरिने छ । एक संस्थागत लगानीकर्ताको तर्फबाट बजारमा हुनुपर्ने सुधार तथा बिस्तारका कामहरुका बारेमा आफ्ना दृष्टिकोणहरु सार्वजनिक गर्नबाट शेयर लगानी डटकम पछि हट्ने छैन । पूँजी बजार सुधार तथा बिस्तारका लागि नीतिगत पैरवी गर्न कम्पनी सदैब प्रयासरत रहने छ । पूँजी बजार, सुधार, बिस्तार र बिकासका लागि खेलिएका गौरवपूर्ण भुमिकाहरुलाई आगामी दिनमा पनि मर्न दिईने छैन ।

कम्पनीहरुले सार्वजनिक गरेका सूचनाहरु कुनै विश्लेषण नगरी जस्ताको तस्तै रुपमा यस शेयर लगानी डटकममा प्रवाहित हुनेछन् । कुनै अप्रमाणित वा स्रोतबाट प्राप्त कुराहरुलाई यसमा स्थान दिईने छैन । कम्पनीको नयाँ रणनीति अनुरुप वेवसाईटको साजसज्जामा सामान्य परिवर्तनहरु गरिने छन् र सोही अुनसार सामाग्रीहरु प्रवाह हुनेछन् ।

शेयरलगानी कम्पनी प्रा. लि को आधिकारिक वेव पोर्टलको रुपमा शेयरलगानी डटकमले काम गर्नेछ । पूँजी बजारको बिकास, बिस्तार सुधारका कामहरु, कम्पनीहरुले प्रकाशन गर्ने विविध सूचनाका साथै यस कम्पनीका लगानी गतिविधिहरु वेवसाईटमार्फत मुखरित गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here