सगरमाथा इन्स्योरेन्सले गत बर्षको कमाइबाट लगानीकर्ताहरुलाई अकर्षक बोनश शेयर प्रस्ताव गरेको छ ।

इन्स्योरेन्सको बैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई गत बर्षको मुनाफाबाट ८६ प्रतिशत अर्थात ४६ करोड २९ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले बोनश शेयरमा लाग्ने कर प्रयोजनको लागि कुनै नगद लाभांश प्रस्ताव गरेको छैन । इन्स्योरेन्सले वितरण गर्ने बोनश पाउनका लागि लगानीकर्ता आफैले कर तिर्नुपर्ने भएको छ ।

बोनश वितरणपछि इन्स्योरेन्सको चुक्ता पुँजी बिमा समितिले तोके अनुसारकै एक अर्ब १२ लाख रुपैयाँ पुग्नेछ । बिमा समितिले इन्स्योरेन्स कम्पनीहरुलाई चालु आर्थिक बर्षभित्रै १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here