लगातारको लकडाउनको बीचमा सरकारले उद्योगी ब्यवसायीलाई कर तिर्न उर्दी जारी गरेको विरोधमा ब्यवसायीहरुले भने सरकारी प्रतिबन्ध तोडेर ब्यवसाय संचालन थालेका छन् ।

चावहिल क्षेत्रमा ब्यवसायीसँग विवाद गर्दै प्रहरी । फोटोः अमृता लम्साल

नेपाल राष्ट्रिय ब्यवसायी महासंघको आब्हानमा बिहीबारदेखि राजधानी काठमाडौमा अधिकांश पसल ब्यवसाय संचालनमा आएको छ । ब्यवसायीहरुले विहानैदेखि पसल ब्यवसाय खोल्न थालेपछि ठाउँ ठाउँमा प्रहीसँग भनाभन भएको थियो । पसल ब्यवसाय बन्द नै राख्ने प्रहरी प्रशासनको प्रयास असफल भएपछि असन, न्युरोड, गुच्चाटोल चावहिल, मैतिदेवी, बागबजार लगायतका स्थानमा पसलहरु खुलेका छन् ।

लगातार लकडाउन गरी ब्यवसाय बन्द गर्दा आफुहरुले सटर भाडा बुझाउँन नसकेर पलायन हुनुपर्ने अबस्था आएको भन्दै ब्यवसायीहरु कोरोनाप्रति सावधानी अपनाएर पसल ब्यवसाय संचालनमा जुटेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here