बैंक तथा बित्तीय संस्थाहरु ठूला भए, अब सस्तोमा कर्जा पाईएला भनी साना लगानीकर्ताले आशा गर्नु आकाशको फल, आँखा तरी मर जस्तै हुने गरेको छ ।

ठूला बैंकहरुले सस्तोमा सेयर धितो कर्जा दिन थाले भनी हौसिएका सामान्य लगानीकर्तालाई त्यत्तिखेर नमीठो अनुभुति हुने गर्छ, जत्तिखेर उनीहरु आकर्षक बिज्ञापन हेरेर कर्जा खोज्दै बैंकको सोधपुछ कक्षमा पुग्छन् ।

बैंकका कर्मचारीहरुले दुई चार लाख रुपैयाँ कर्जा दिने आफ्नो योजना नै नभएको भन्दै साना लगानीकर्ता तथा ब्यवसायीहरुलाई फकाईदिन्छन् । त्यसपछि सस्तो ब्याज दरको बिज्ञापन ब्यर्थ रहेछ भन्दै लगानीकर्ताह महंगो ब्याजमा कर्जा लगाउने फाईनान्स र सहकारीतिर धाउनुको बिकल्प हुन्न ।

अहिले धेरै बाणिज्य बैंकले ब्याज दर समेत घटाउँदै सेयर धितो कर्जाको सार्वजनिक बिज्ञापन गरिरहेका छन् । ती बिज्ञापनहरु दुई, चार लाख कर्जा लिनेको लागि नभई करोड, करोड लिनेका लागि हो भनेर सिधा बुझे हुन्छ । सेयर धितो कर्जामा नाम चलेको बाणिज्य बैंक एनआईसी एशियाले पनि अब २५ लाख रुपैयाँ भन्दा कम नदिने भएको छ ।

सरल कर्जा प्रक्रिया, थोरै कागजी झंझट र दुई दिनमा नै कर्जा प्रवाह गर्ने व्यवस्थासहित एनआईसीले फे िसेयर धितो कर्जा फेरि सुरु गरेको हो । एकताका धेरै सेयर धितो कर्जा प्रबाह गरेर पछि बजार घट्ने क्रममा उल्टै लगानीकर्तालाई सेयर बेच्न लगाएको एनआईसी एशियासँग पुराना लगानीकर्ता त्रस्त नै छन् । नयाँलाई कस्तो ब्यवहार गर्छ भन्ने कुरामा उसको योजनाले सफलता प्राप्त गर्नेछ ।

ठूलो बाणिज्य बैंक नबिलले पनि आक्रामक रुपमा सेयर धितो कर्जा प्रबाह गरिरहेको छ । उसको पनि कर्जा ठूला लगानीकर्ताहरुमै केन्द्रित छ ।

साना लगानीकर्ताले ज्योति बिकास बैंक, कैलास बिकास बैंक, मन्जुश्री फाईनान्स, आईसीएफसी फाईनान्स जस्ता कम्पनीहरुबाट सेयर धितो कर्जा लिईरहेका छन् ।
केही बैंक तथा बित्तीय संस्थाले १२ प्रतिशत ब्याज दरमा सेयर धितो कर्जा दिन थाले पनि फाईनान्सहरुले अझै १७ प्रतिशतसम्म ब्याजमा कर्जा लगाईरहेका छन् ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here