सिटिजन्स बैंकको सहायक कम्पनी सीबीआईएल क्यापिटलको व्यवस्थापनमा सञ्चालित सिटिजन्स म्युचुअल फण्ड–२ ले जेठ ९ गते देखि एक अर्ब रुपैयाँ बराबरको इकाई सार्वजनिक बिक्रीमा ल्याउने भएको छ ।

सिबिआईएल क्यापिटलले सात बर्ष अवधिको प्रतिइकाई दश रुपैयाँ अंकित दरमा दश करोड इकाई सार्बजानिक निष्काशन गर्न लागेको हो । दश करोड इकाईमध्ये एक करोड ५० लाख इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंंक इन्टरनेसनललाई छुट्याएको छ भने ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन गर्न पाउनेछन।

फण्डको इकाईमा लगानीकर्ताले न्यूनतम सय इकाईदेखि अधिकतम दुई करोड इकाईसम्मको लागि आवेदन गर्न सक्नेछन । इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ।

सबै ईकाई बिक्री भएमा जेठ १३ गतेबाट इकाई बिक्री बन्द हुनेछ भने सबै इकाई बिक्री नभएमा लगानीकर्ताले असार ८ गतेसम्म आवेदन गर्न पाउने ब्यवस्था रहेको छ ।

यो सिबिआईएल क्यापिटलको दोस्रो योजना हो । क्यापिटलले यसअघि ८२ करोड रुपैयाँ बराबरको सिटिजन्स म्युचुअल फण्ड १ संचालन गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here