सिभिल बैंकले दुई बर्षको साधारणसभा एकैचोटी गर्ने क्रममा १०.२५ प्रतिशत बोनस शेयर र ४.०५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने बैसाख ९ गते सोमबार अन्तिम दिन हो ।

बैंकले बैसाख २७ गते राजधानीको अमृत भोगमा सातौ र आठौ बार्षिक साधारणसभा आब्हान गरेको छ । सो साधारणसभामा भाग लिन शेयरधनी बन्ने पनि आजै अन्तिम दिन हो किनभने बैंकले भोलि बैसाख १० गते बुक क्लोजको मिति तोकेको छ ।

बैंकले संस्थापक शेयरधनीको तर्फबाट ३ र सर्बसाधारणका तर्फबाट ३ जना गरी ६ जना संचालक निर्वाचन समेत गर्ने भएको छ ।

बैंकले अन्य उपयुक्त बैंक, बित्तीय संस्थासँग मर्जर, एएक्विजिशन रर विदशी रणनीतिक साझेदारीका लागि प्रक्रियामा जाने प्रस्ताब पनि साधारणसभा पेश गर्दैछ । त्यस्तै बैंकले अन्य सहायक कम्पनीहरु खोलेर खास ब्यवसाय गर्ने सम्बन्धी ब्यवस्था गर्न प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन पनि गर्ने भएको छ ।

हाल सात अर्ब २५ करोड चुक्ता पूँजी रहेको बैंकको यसपल्टको बोनस प्रस्ताब पारित भएपछि चुक्ता पूँजी आठ अर्ब पुग्ने छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here