सिभिल बैंकले उपयुक्त बैंक तथा बित्तीय संस्था खोजेर गाभ्ने, गाभिने वा प्राप्ति प्रक्रिया जाने बाटो खोलेको छ ।

बैसाख २७ गते काठमाडौमा भएको बैंकको सातौ र आठौ बार्षिक साधारणसभाले बैंकलाई मर्जर, एक्विजिशन वा रणनीतिक साझेदारीमा लैजान संचालक समितिलाई अख्तियारी द्रिएको हो ।

सिभिल बैंक कमजोर अबस्थामा रहेकोले बलियो संस्था खोजेर जानुपर्ने मत संस्थापकहरुबीचमा बलियो रुपमा प्रकट भएको देखिन्छ । बाणिज्य बैंक बाहेककासँग मर्जर गरी आगामी दिनमा देखा पर्ने चुनोति तथा समस्या समाधान हुन नसक्ने भएकाले आफु भन्दा बलिया बाणिज्य बैंक नै उसको खोजीमा पर्ने देखिन्छ । विगतमा आईएलएफसी, हामा लगायतका फाईनान्स कम्पनीहरुलाई आफुमा मिसाउँदा सिभिलका शेयरधनी र कर्मचारीले पाएको हण्डरबाट चेतेकाले अब रोगी संस्थाहरुसँग नजाने सोच संस्थापकहरुले बनाएको बुझिएको छ ।

सिभिल बैंकले अघिल्लो आर्थिक बर्षको खुद नाफा र जगेडा कोषबाट १०.२५ प्रतिशत बोनस शेयर र गत आर्थिक बर्षको बाटा ४.०५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताब पनि पारित गरेको छ । यो निर्णयसँगै सिभिल बैंकको चुक्ता पूँजी आठ अर्ब पुगेको छ ।

साधारणसभाले संस्थापकहरुका तर्फबाट ईच्छाराज तामाड., अम्बीर बोगटी, प्रताप जङ्ग पाण्डे र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रकाश तायल, शम्भु प्रसाद पन्त र युगेश बहादूर मल्ललाई संचालकमा निर्विरोध निर्वाचित गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here