सिभिल बैंकले दुई आर्थिक बर्षको साधारणसभा एकैपल्ट गरेर १४ प्रतिशत लाभांश वितरण गर्ने गरी मिति तय गरेको छ ।

बैंक संचालक समितिको सोमबार बसेको बैठकले बैसाख २७ गते राजधानीको अमृत भोगमा सातौ र आठौ बार्षिक साधारणसभा आब्हान गरेको हो ।

सो साधारणसभामा १०.२५ प्रतिशत बोनस शेयर र ४.०५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताब लगिने भएको छ । कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगद लाभांश अलग्गै प्रस्ताब गरिएको छ ।

बैंकले संस्थापक शेयरधनीको तर्फबाट ३ र सर्बसाधारणका तर्फबाट ३ जना गरी ६ जना संचालक निर्वाचन समेत गर्ने भएको छ ।

बैंकले अन्य उपयुक्त बैंक, बित्तीय संस्थासँग मर्जर, एएक्विजिशन रर विदशी रणनीतिक साझेदारीका लागि प्रक्रियामा जाने प्रस्ताब पनि साधारणसभा पेश गर्दैछ । त्यस्तै बैंकले अन्य सहायक कम्पनीहरु खोलेर खास ब्यवसाय गर्ने सम्बन्धी ब्यवस्था गर्न प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन पनि गर्ने भएको छ ।

बैंकको लाभांश पाउन र साधारणसभामा भाग लिन बैसाख ९ गतेभित्रमा शेयरधनी बनिसकेको हुनुपर्नेछ ।

हाल सात अर्ब २५ करोड चुक्ता पूँजी रहेको बैंकको यसपल्टको बोनस प्रस्ताब पारित भएपछि चुक्ता पूँजी आठ अर्ब पुग्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here