कमजोर अबस्थाका बैंकहरु मध्येमा पर्ने सिभिल बैंकले पनि गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट लाभांश प्रस्ताब गरेको छ । कम्पनीले करसहित ६.५७ प्रतिशत नगद लाभांश प्रस्ताब गरेको हो ।

बैंक सञ्चालक समितिको प्रस्ताव राष्ट्र बैंकबाट अनेमादन भएमा उसले ५२ करोड ५८ लाख २२ हजार ७०१ रुपैयाँ बराबरको नगद लाभांश बाँड्ने प्रस्ताब साधारणसभामा लैजानेछ ।

अघिल्लो आर्थिक बर्षमा उसले ४.०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ३३ लाख ८९ हजार ६७३ रुपैयाँ रहेको बैंकले गत आर्थिक वर्षमा ७६ करोड ४ रुपैयाँ खुद नाफा कमाएर प्रति शेयर आम्दानी ९ रुपैयाँ ५ पैसा खुद नाफा र ५५ करोड ६९ लाख वितरणयोग्य नाफा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here