नेपाल राष्ट्र बैंकले कोरोना संक्रमण र लकडाउनको प्रभाव सकिएपछि बैंक तथा बित्तीय संस्थाहरुलाई पर्याप्त लगानीयोग्य रकम उपलब्ध हुन सकोस भन्दै कर्जा पूँजी निक्षेप अनुपात अर्थात सीसीडी बढाईदिएको छ ।

यस अघि ८० प्रतिशतसम्म सीसीडी कायम हुँदा बैंक तथा बित्तीय संस्थाले थप कर्जा लगानी गर्न नपाउने नियम रहेकोमा अब भने पाँच प्रतिशत थपेर ८५ प्रतिशतको सिमा कायम गरिएको छ । पाँच प्रतिशत सीसीडी बढ्दा दुई खर्ब भन्दा बढी तरलता बढ्ने आँकलन गरिएको छ ।

अहिले बैंक तथा बित्तीय संस्थामा पर्याप्त तरलता रहे पनि यस अघि संकट हुँदा सबै बैंकको सीसीडी खुम्चिएर ८० प्रतिशत हाराहारीमा पुगेको थियो ।

बैंकहरुले लगानी बढाउन पाएपछि उनीहरुको आम्दानी पनि बढेर जाने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here