एनआईसी एशीया बैंकले आफ्नो नाममा रहेको सुर्या लाईफको संस्थापक शेयर शेयर लिलामि मार्फत् बिक्रि गर्ने भएको छ ।


बैंकको नाममा रहेको ३९ हजार १ सय कित्ता संस्थापक शेयर बिक्रि बोलकबोल मार्फत हुनेछ । यसअघि बैंकले ४१ हजार ४०० कित्ता संस्थापक शेयर बिक्रिमा ल्याएको थियो ।

सो शेयर खरिदका लागि चैत ४ गते देखि चैत १२ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ। शेयरको न्यूनतम मूल्य २५० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्।

यसअघि बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको एक लाख ६६ हजार ३२ कित्ता संस्थापक शेयर बिक्रि गर्न बैंकले बोलपत्र आव्हान गरेको थियो ।

लिलामी शेयरको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको लगानीकर्ताले एनआईसी एशिया क्यापिटलका साथै एनआईसी एशिया बैंकका विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी, सुर्खेत र काठमाडौँ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here