कुल घरानमा एउटा बदमास निस्क्रियो भने त्यसले गरेको बदनामीको भार पुरै कुल घरानले ब्यहोर्नुपर्छ । नेपालका मारवाडी समुदाय मेहनत गरेर उद्योग ब्यवसाय संचालन गरी देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्दै आएकोमा अहिले कुसल अग्रवालले गरेको बदमासीले त्यो समूदायलाई नै धक्का पुगेको छ ।

नेपाल उद्योग परिसंघ (सीएनआई)का उपाध्यक्ष जस्तो गरिमामय पदमा रहेका सुलभ अग्रबाल अहिलेको कोरोना संकटको समयमा मेडिकल सामाग्रीको कालो बजारी गरेको अभियोगमा पक्राय पर्नुले पुरै मारवाडी समुदायमा चिन्ता छाएको छ । मारवाडी समुदाय नेपालमा ब्यवसाय गर्नेहरु मध्येमा ईमानदार मानिन्छन ।

जगदम्बा र शंकर ग्रुपका संचालक समेत रहेका सुलभको करतुत बाहिर आएपछि मारवाडी समुदाय नै लज्जित हुनु परेको छ । सुलभले कूटनीतिक नियोगका कर्मचारी वा राजदूतहरुले प्रयोग गर्ने निलो प्लेटको गाडी समेत उपयोग गरे मेडिकल उपकरण थर्मोगन कालोबजारी गर्दागर्दै पक्राउ पर्नु सबै नेपालीहरुका लागि नै लज्जाको विषय हो ।
लक्ष्मणबाबु भवन नक्सालमा रहेको जगदम्बाको गोदाममा चीनको ग्वाङ्झाओबाट चैत २० गते विमान चार्टर गरी ल्याइएका मेडिकल उपकरण थर्मोगन, एन नाइन फाइभ मास्कहरु राखेर कालोबजारी गर्दैआएका सुलभ अग्रवाललाई प्रहरीले ग्राहक बनेरै पक्राउ गरेको हो ।

पक्राउ गर्नगएको प्रहरीलाई उनले आफू किर्गिस्थानको अवैतनिक बाणिज्यदूत भन्दै उम्किन खोजेका थिए तर सफल हुन सकेनन् ।

अग्रवालले थर्मोगनको १६ हजार रुपैयाँसम्म लिएर बिक्री गर्ने गरेको प्रहरीको आरोप छ ।उनले मास्कको ७ सय रुपैयाँमा बिक्री गरेका थिए । नेपाल रेडक्रस सोसाइटीले थर्मोगन खोजीका लागि जाँदा त्रिपुरेश्वरको एक सर्जिकलले २२ हजार रुपैयाँमा लिने भए ल्याइदिने भनेका थिए ।

सुलभको गोदाम प्रहरी प्रधान कार्यालयसँगै जोडिएकाले उी कति ढुक्कसाथ अबैध कारोबार गरिरहेका थिए भन्ने खुलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here