सूर्या लाईफ इन्स्योरेन्सले गत बर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको बैशाख २७ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई गत बर्षको मुनाफाबाट १२ प्रतिशत अर्थात १३ करोड ५८ लाख २८ हजार रुपैयाँ बराबरको बोनश शेयर र बोनशमा लाग्ने कर प्रयोजनका लागि ७१ लाख ४८ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल एक अर्ब १३ करोड १९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको बोनस वितरणपछि चुक्ता पूँजी एक अर्ब २६ करोड ७७ लाख रुपैयाँ पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here