बाणिज्य बैंकहरुमा सबैभन्दा कान्छो मानिने सेञ्चुरी कमर्शियल बैंकले गत बर्षको कमाइबाट शेयरधनीहरुलाई बितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

बैंकको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई गत बर्षको मुनाफाबाट चुक्ता पुँजीको २ प्रतिशत बोनश शेयर र ४ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल ६ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

बैंकले गत बर्ष ५ प्रतिशत बोनश र ५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गरेको थियो । गत बर्षको तुलनामा यस बर्ष बैंकले घटाएर लाभांश प्रस्ताव गरेको छ ।

हाल ८ अर्ब ६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ५१ करोड रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८५ पैसा कायम गरेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here