सेन्ट्रल फाइनान्सले आफना शेयरधनीहरुलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंक समक्ष राखेको छ ।

सेन्ट्रल फाइनान्सको गत पुस २४ गते बसेको सञ्चालक समितिको २८३ औं बैठकले आ.व. २०७५।०७६ को बाँडफाँड योग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ७ प्रतिशतले हुन आउने बराबरको रकम नगद लाभांश बापत वितरण गर्ने निर्णय गरेको छ ।

उक्त लाभांश राष्ट्र बैंकबाट स्विकृत भई आएमा आगामि २३ औं बार्षिक साधारणसभाले पारित गरेपश्चात शेयरधनीहरुको खातामा पठाइनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी ८३ करोड ३३ लाख भन्दा माथि रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here