सेन्ट्रल फाइनान्सको सञ्चाल समितिको पौष २४ गते बसेको बैठकले प्रस्ताव गरेको ७ प्रतिशत नगद लाभांश राष्ट्र बैंकले स्विकृत गरेको छ ।


फाइनान्सको आर्थिक बर्ष २०७५/०७६ को बाँडफाँड योग्य मुनाफबाट चुक्ता पुँजीको ७ प्रतिशतले हुन आँउने ५ करोड ७६ लाख ३७ हजार ८५० रुपैयाँ नगद लाभांश बापत बाँड्न राष्ट्र बैंकले स्विकृत गरेको हो ।

अब उक्त लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

हाल फाइनान्सको चुक्ता पूँजी ८२ करोड ३३ लाख ९७ हजार रहेको छ।

सेन्ट्रल फाईनान्सको लाभांश स्विकृत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here