तिलक कोइराला

सेयर बजार डरलाग्दो किसिमले घटेर लगानीकर्ताहरु सेयर बेची भागाभाग गरिरहेको बेला राम्रो कम्पनीको सस्तो सेयर छानी छानी किन्ने अवसर आएको छ । सेयर लगानी डटकमले आम लगानीकर्ताहरुलाई बजार घटेको बेला सस्तो मूल्यमा सेयर किन्नुपर्ने कम्पनीहरुका बारेमा सुझाव प्रस्तुत गर्देछ । यी १९ वटा बाणिज्य बैंक आम सर्बसाधारण लगानीकर्ताका लागि अहिले सेयर किन्नुपर्ने सूचीमा समाबेश हुनुपर्ने कम्पनीहरु हुन् ।

अहिले घटेर न्युन बिन्दुमा आएको बेला यी बाणिज्य बैंकको सेयर किन्नेहरु दीर्घकालमा कोही डुब्दैनन्, सबैले जित्छन् ।

सबैभन्दा पहिले कम्पनीहरुको बारेमा अध्ययन बिलेषण गरौं । आर्थिक बर्ष २०७२ । ०७३ मा बाणिज्य बैंकहरुले गरेको प्रगतिलाई २०७३ । ०७४ मा गरेको प्रगति बिबरणसंग दाँजिएको छ ।

 गत बर्ष र अघिल्लो बर्ष गरेको प्रगतिको तुलना

तथ्यहरु सम्बन्धित कम्पनीहरुको बित्तीय विवरणबाट लिईएको हो ।

माथिको तथ्य विश्लेषणपछि अब अहिलेको सेयर बजारमा ती कम्पनीहरुको सेयर मूल्य, प्रति सेयर आम्दानी, त्यसको आधारमा अहिलेको मूल्य आम्दानी अनुपात र प्रति सेयर नेटवर्थ पनि हेरौं ।

सेयर मूल्य भाद्र १९ गतेको हो र सोही आधारमा मूल्य आम्दानी अनुपात निकालिएको हो ।

यो सूचीबाट मूल्य आम्दानी अनुपात १५ भन्दा कम भएका कम्पनीलाई बिशेष नजरले हेर्नु उपयुक्त हुनेछ । दीर्घकालीन लगानीका लागि एकहदसम्म सही बिकल्प यी हुन् तर मूल्य आम्दानी अनुपात मात्रै हेरेर पनि हुन्न । अरु कुरा पनि उत्तिकै बिचारणीय छन् । यहाँ जनता, कुमारी, सेन्चुरी जस्ता बैंकहरुको प्रतिसेयर आम्दानी अरु बढी देखिने थियो, मर्ज तथा एक्विजिशन भएका कम्पनीहरुको खुद नाफा जोडेर बित्तीय बिबरणमा देखाउन नमिलेर हो । नेपाल ईन्भेष्टमेन्ट जस्तो कम्पनीको मूल्य आम्दानी अनुपात धेरै भए पनि पूँजीगत आधार बलियो र जगेडा कोषमा पूँजीगत जगेडा कोष धेरै हुँदा दीर्घकालसम्म सुरक्षित छ ।

                              लाभांश पनि हेरौं तर सबैथोक यही हैन

कम्पनीले कति लाभांश दिन्छन् भन्ने कुरा लगभग सार्वजनिक भएकै कुरा हो । तर पनि कम्पनीहरुले दिने बोनस सेयर र नगद लाभांशको मात्रै आश गर्नुहुन्न । समग्र कम्पनीको अबस्था आगामी दिनमा कहाँ पुग्छ भनेर हेर्नैपर्छ ।

बैंक अफ काठमाण्डु जस्ता कम्पनीलाई गत बर्षको कमाईबाट मात्रै चुक्ता पूँजी आठ अर्ब पुर्याउन असंभव छ । उसले संस्थापक सेयर लिलामका साथै हकप्रदको बाटो रोज्ला वा अरु विकल्पमा जाला तर त्यो लगानीकर्ताको चिन्ताको बिषय हैन ।

त्यस्तै एनएमबी बैंकले यदि थप नयाँ साधारण सेयर निश्काशन गर्न पाएन भने पूँजीगत जगेडा कोष पर्याप्त रहेकाले बोनसै दिएर आठ अर्ब पुर्याउने छ । यो पनि चिन्ताको बिषय रहेन । कुमारी, सिद्धार्थ लगायतका बैंकहरुले थप हकप्रद प्रस्ताब गरेका छन् । प्रभु बैंकले पनि हकप्रदबाटै आठ अर्ब पूँजी पुर्याउने छ । तर हकप्रद बिक्रीमा आउने भयो भन्दैमा सेयर किन्नु हुन्न ।

अबस्था, कारण र संभावना

सेयर किन्ने मौका यही हो

दीर्घकालीन हिसाबले यी १९ वटा कम्पनी सुरक्षित छन् । सेयर लगानीकर्ताहरुका लागि सेयर किन्ने यही हो मौका । सेयर बजारमा प्रबेश गर्न चाहनेहरुलाई पनि अहिले नै उत्तम समय हो ।

यी कम्पनीहरुमा केही वा सिमित ब्यक्तिहरुले चलखेल गरेर भाऊ तलमाथि पार्न सक्दैनन् र सेयर मूल्य धेरै बढ्ला भनेर आशा नगरेकै राम्रो तर सुरक्षित छन् र ढुक्कको प्रतिफल दिन्छन् ।

सेयरको मूल्य मात्रै बढ्ने कम्पनी खोजेर लगानी गर्ने हो भने अहिले बाढी आएको बेलामा जस्तै घाटामा सेयर बेचेर भाग्नुपर्ने अबस्था आउँछ । त्यो त केवल ब्यापारीहरुले गर्छन्, एउटामा कमाउँछन्, अर्कोमा गुमाउँछन् । लगानीकर्ताले सधै कमाउने हो । सधै कमाउँनका लागि नै यी कम्पनीहरु ठीक छन् ।

घटेरै कम्तिमा  १० वटाको सेयर किन्नुहोस्

अहिलेको घट्दो बजारमा यी बैंकहरु मध्ये छानी छानी कम्तिमा १० वटाको सेयर किन्नुहोस् । बजार जत्ति घट्दै जान्छ, उत्ति किन्दै जानुहोस् । घटरै किन्नुहोस् । आफुसँग भएको पैसाले एकैचोटी एउटै कम्पनीको सेयर नकिन्नुहोस् । सेयर किन्दाकिन्दै बजार बढ्न थाल्यो भने बिस्तारै किन्न छाड्नुहोस् र पर्खनुहोस् ।। दीर्घकालीन हिसाबले लगानी गरिएको अबस्थामा पनि ३० प्रतिशत भन्दा बढी सेयर मूल्य बढ्यो वा कुनै समयमा पैसाको आबश्यकता पर्यो भने बेच्नु होला, नभए चार पाँच बर्षका लागि यी कम्पनीहरुबाट राम्रो लाभांश र सुरक्षा दुबै पाउनु हुनेछ ।

आफ्नो लगानी र जोखिम बहन क्षमता बिचार गरी बुद्धिमतापूर्वक निर्णय लिनुहोस् ।

अर्को संभावना पनि छ

चुक्ता पूँजी आठ अर्ब पछि अब चाँडै नै १५ अर्बको पूँजी पुर्याउने दौड सुरु हुनेवाला छ । त्यो बेला नेपाल ईन्भेष्टमेन्ट र ग्लोबल आईएमई जस्ता चुक्ता पूँजी पर्याप्त भएका बैंकहरु सबैभन्दा सुरक्षित हुनेछन् । कारोबार बिस्तार गरेसँगै पूँजी पनि बढाउनु पर्ने हुन्छ, सोल्भेन्सी मार्जिन कायम गर्नेपर्छ । अहिले नै कतिपय बैंकको पूँजीकोष १२, १३ प्रतिशत रहेकाले पूँजी कोष बढाउन पनि आगामी दिनहरुमा बोनस सेयर नै दिने हो । अहिलेको जस्तो हकप्रद बेचेर पूँजी थप्न पाईने संभावना अब रहन्न, बोनस नै दिएर जानुपर्छ, नसक्नेहरु मर्जमा जानेछन् ।

स्पष्टिकरणः
नबिल बैंकं, एभरेष्ट बैंक, स्टान्डर्ड चार्टर्ड, नेपाल एसबीआई, हिमालयन बैंकको सेयर किन्नुहोस् भनी सर्बसाधारण लगानीकर्तालाई यहाँ आब्हान गर्नु धेरै सान्दर्भिक छैन किनभने ती कम्पनीहरुको मूल्य आम्दानी अनुपात धेरै छ । तुलनात्मक रुपमा ४८ प्रतिशत लाभांश घोषणा गरेको नबिल यी पाँच मध्येमा उत्तम हो तर सर्बसाधारणलाई त्यसमा भन्दा साना कम्पनीमै फाईदा छ ।

सिभिल र एनसीसीको अबस्था कस्तो हुने हो भन्ने अझै अन्योल रहेकाले अहिले नै साना लगानीकर्ता त्यसमा लाग्नु उचित छैन । मेगाको मर्ज प्रक्रियाका कारणले सेयर कारोबार रोक्का छ भने राष्ट्रिय बाणिज्य बैंकको सेयर सुचिकृत नै नभएकाले त्यसका बारेमा भन्नुको अर्थ छैन ।

सिटिजन्स र एनआईसी एशियाले यसपल्ट सेयरधनी किताब बन्द गरेर बोनसको मूल्य समायोजन भईसकेको छ । अहिले सेयर किन्नेले बोनस पाउने छैनन् ।

कम्पनीहरुले जारी गरेका हकप्रद सेयर सुचकिृत हुन बाँकी नै रहेकाले यहाँ गरिएको हिसाब केही कम्पनीको सवालमा फरक पर्नसक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here