सोमबार वित्तिय विवरण सार्बजानिक गरेका पाँच वटा विकाश बैंकमध्य ४ वटा विकाश बैंकको खुद नाफा बढेको छ भने एक विकाश बैंकको खुद नाफा घटेको छ । माहालक्ष्मी विकाश बैंक, कञ्चन डेभलपमेन्ट बैंक, देव: विकाश बैंक र कैलाश विकाश बैंकले खुद नाफा बढाएर सन्तोषजनक प्रगति गरेका छन ।

माहालक्ष्मी विकाश बैंक

माहालक्ष्मी विकाश बैंकले खुद नाफा बढाएर चालु आर्थिक बर्षको तेस्रौ त्रैमासको वित्तिय विवरण सार्बजानिक गरेको छ ।

गत बर्ष ३३ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक बर्षको सोहि अवधिमा ३८ करोड ७९ लाख रुपैयाँ वित्तिय विवरण सार्बजानिक गरेको छ ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा बृद्धि हुदा उसको खुद नाफा पनि बढेको हो । गत बर्ष ७१ करोड ८९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यस बर्ष १ अर्ब २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

त्यस्तै बैंकले निक्षप संकलन २५ अर्ब ११ करोड रुपैयाँबाट ३० अर्ब ४९ करोड रुपैयाँ पुर्याएको छ भने कर्जा प्रवाह २१ अर्ब ६४ करोड रुपैयाँबाट २६ अर्ब ३५ करोड रुपैयाँ पुर्याएको छ । बेंकको खराव कर्जा अनुपात ३.९७ प्रतिशतबाट थोरै घटेर ३.८५ प्रतिशतमा झरेको छ ।

२ अर्ब ८४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बेंकले जगेडा कोषमा १ अर्ब २८ करोड रुपैयाँ राखेको छ । बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ १८ पैसा र प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ २३ पैसा छ ।

कञ्चन डेभलपमेन्ट बैंक

कञ्चन डेभलपमेन्ट बैंकले पनि गत बर्षको तुलनामा खुद नाफा बढाएर चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा सन्तोषजनक प्रगति गरेको छ ।

गत बर्ष ३ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक बर्षको सोहि अवधिमा ५ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तिय विवरण सार्बजानिक गरेको छ ।

बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा ५ अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । उसको खराव कर्जा अनुपात २.६१ प्रतिशतबाट १.८३ प्रतिशतमा झरेको छ ।

हाल ५३ करोड ज्ञ३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा ११ करोड ७२ लाख रुपैयाँ राखेको छ । बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ८६ पैसा, प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ६ पैसा र मुल्य आम्दानी अनुपात ११.४७ गुण छ ।

सांग्रिला डेभलपमेन्ट बैंक

सांग्रिला डेभलपमेन्ट बैंकको गत बर्षको तुलनामा यस बर्ष खुद नाफा घटेको छ । गत बर्ष २५ करोड ६ लादख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक बर्षको सोहि अवधिमा २३ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत बर्ष ५५ करोड १२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यस बर्ष ६८ करोड ३७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

बैंकले निक्षेप संकलन १४ अर्ब ७५ करोड रुपैयाँबाट २० अर्ब १३ करोड रुपैयाँ पुर्याएको छ भने कर्जा प्रवाह १४ अर्ब रुपैयाँबाट १८ अर्ब रुपैयाँ पुर्याएको छ । उसको निष्कृय कर्जा अनुपात थोरै बढेर १.०९ प्रतिशत पुगेको छ ।

चुक्ता पुँजी २ अर्ब ६० करोड रुपैयाँ रहेको बैंकको जेडा कोषमा ५८ करोड ३३ लाख रुपैयाँ सञ्चित छ । उसको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ८६ पैसा र प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ३८ पैसा छ ।

देव: विकाश बैंक

देव: विकाश बैंकले पनि खुद नाफा बढाएर सन्तोषजनक प्रगति गरेको छ । गत बर्ष २० करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक बर्षको सोहि अवधिमा २५ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

चालु आर्थिक बर्षको नौ महिनाको अवधिमा बैंकले १७ अर्ब ९२ लाख रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब ९४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको निष्कृय कर्जा अनुपात १।६६ प्रतिशतमा झरेको छ ।

हाल २ अर्ब ५३ करोड रुपैयाँ चुक्ता पूजी रहेको कम्पनीले जगेडा कोषमा ७३ करोड ३२ लाख रुप्ेयाँ राखेको छ । उसको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ४३ पैसा, प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ९४ पैसा र मुल्य आम्दानी अनुपात ९.५३ गुणा छ ।

कैलाश विकाश बैंक

कैलाश विकाश बैंकले पनि चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा सामान्य प्रगति गरेको छ । गत बर्षको तेस्रो त्रैमासमा ३९ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक बर्षको सोहि अवधिमा ३९ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा बैंकले ९४ करोड ४९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।गत बर्ष उसले ६४ करोड १३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बेैंकले चैत मसान्तसम्मा २९ अर्ब ४८ करोड ३४ लाख रुपैयाँ निक्षेप संकलन गरि २६ अर्ब ५४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको निष्कृय कर्जा अनुपात ०.३५ प्रतिशत छ ।

बैंकको चुक्त पूँजी दुई अर्ब ५२ करोड रुपैयाँ रहेको बैंकले जगेडा कोषमा एक अर्ब ५ करोड ८३ लाख रुपैयाँ राखेको छ । बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ १७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ९९ पैसा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here