स्वदेशीको लघुवित्तले हकप्रदमा बिक्री नभएका ६२ लाख कित्ता शेयर बिहिबारदेखि बोलकबोलमार्फत विक्री खुल्ला गरेको छ ।

लघुवित्तले गत असोज २३ गतेदेखि कार्तिक २६ गतेसम्म बिक्री गरेको शतप्रतिशत अर्थात साढे ११ लाख कित्ता हकप्रद शेयरमा ६२ लाख कित्ता शेयरको लागि आवेदन नपरेपछि सो शेयर बोलकबोलमार्फत बिक्री गर्न लागेको हो ।

कम्पनीको लिलामी शेयरमा आवेदन दिन चाहाने लगानीकर्ताले बिक्री प्रबन्धक एनआईशी एशिया क्यापिटल तथा स्वदेशी लघुवित्त बाट मंसिर २८ गतेसम्म आवेदन दिन सक्नेछन ।

लगानिकर्ताले १ सय रुपैयाँ अंकित गरी न्युनतम १ सय कित्ता देखि अधिकतम २० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन ।

हाल साढे ११ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद शेयर बिक्रीपछि चुक्ता पुँजी २३ करोड रुपैयाँ पुग्नेछ ।

लघुवित्तले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ८३ लाख ४७ हजार खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २९ रुपैयाँ ३ पैसा कायम गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here