विगतमा हकप्रदको लोभमा शेयर बजारमा उचालिएर महंगोमा शेयर किन्नु भएको थियो ? उसोभए तपाइँका पछुताउने दिनहरु नजिक आईरहेका छन् ।

हकप्रद वापतको मूल्य समायोजन भएर जाँदा झन् मुल्य घटी तपाइँलाई घाटा लाग्ने दिनहरु शुरु भईसकेका हुनसक्छन् भने हकप्रद किन्ने समय सिमा गुजारी आवेदन गर्न चुक्नु भयो भने झन् धान्नै नसकिने घाटा लाग्नसक्छ । हकप्रद वापत बिक्रीमा आउने शेयर किन्नलाई थप पैसाको जोहो गर्नेपर्ने हुन्छ ।

बढ्दो बजारमा हकप्रद बिक्री गर्ने कम्पनीको शेयर किन्दा फाईदा हुन्छ भन्दै जति धेरै हकप्रद, उति धेरै उचालिनेहरुलाई के थाहा, शेयर बजारको चाल कतिखेर कता मोडिन्छ ?

हकप्रदको लोभमा उचालिएर शेयर किन्ने, जति खराब कम्पनी भएपनि धेरै प्रतिशत हकप्रद बिक्रीमा ल्याउने घोषणा गर्दा त्यति धेरै उचालिने तर हकप्रद भर्न भने छुटाएर हदैसम्म घाटा खाने अनि रुवाबासी गर्ने प्रबृत्ति सर्बसाधारण लगानीकर्तामा देखिएको छ । यसैका कारण कतिपय कम्पनीहरुको लाखौं कित्ता साधारण शेयर हकप्रदमा नबिकेर लिलाममा आएको छ । महंगा शेयर मूल्य भएका कम्पनीमा संस्थापकहरुले भने हकप्रद भर्न नछुटाई सबै बिक्ने गरेको छ ।

हकप्रद कम्पनीले लगानीकर्तालाई मायाँ गरेर सित्तैमा शेयर दिएको हुँदै हैन, कम्पनीलाई पैसा चाहिएकाले शेयरधनीबाट थप पैसा माग गरेको हो । यस्ता कम्पनीको शेयर मूल्य बढाएर हैन, सकेसम्म घटाएर किन्नुपर्छ वा शकप्रद पछि समायोजित मूल्य भन्दा सस्तोमा शेयर पाउने संभावना अधिक हुन्छ भन्ने चेतना आउन नसक्न नेपालका शेयर लगानीकर्ताहरुको विडम्वनापूर्ण अवस्था हो ।

विगतमा हकप्रदको लोभमा उचालिएर गल्ति गर्नु भएकै थियो भने पनि अब आफ्नो हक हिस्सामा प्राप्त हुने शेयर किन्न भने नचुक्नुहोस् ।

यी कम्पनीहरुले हकप्रद बिक्रीको सूचना जारी गरेका छन् :

याद गर्नुपर्ने कुरा के हो भने तपाइँले शेयर किन्दा हकप्रदको बुक क्लोज भईसकेको थियो कि ? बुक क्लोज भईसकेपछि शेयर किनिएको हो भने हकप्रद भर्न पाउनु हुन्न । बुक क्लोज भन्दा अगाडि नै शेयर किनिए पनि ब्रोकरले समयमै तपाइँको हितग्राही खातामा शेयर नपठाईदिएर हकप्रद भर्नै सूचीमा नाम पो समाबेश भएन कि ? त्यसो हो भने ब्रोकरबाट चिठी लेखाएर कम्पनीमा जानुपर्छ र हकप्रद भर्नुपर्छ ।

पहिले जस्तो हकप्रद भर्न गाह्रो भने छैन । आफ्नै हितग्राही खातामा मेरो शेयर सफ्टवेयरको सुविधा लिएर घरैमा बसी हकप्रद भर्न सकिन्छ । हितग्राही खातामा जोडिएको बैंक खातामा भने पर्याप्त रकम हुनैपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here