हिमालय ऊर्जा विकास कम्पनीको बुधबारदेखि दोस्रो बजारमा शेयर कारोबार खुलेको छ।

नेप्सेले मंगलबार कम्पनीको ९९ लाख कित्ता शेयर सुचिकृत गरेपछि बुधबारबाट कारोबार खुलेको हो ।

नेपाल स्टक एक्सचेञ्जले कम्पनीको शेयर कारोबारको लागि एचयुआरजेए कारोबार संकेत प्रदान गरेको छ भने पहिलो कारोबारको लागि ९८ रुपैयाँ ३६ पैसा देखि २९५ रुपैयाँ ०८ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ ।

सोहि रेञ्जलाई आधार मानेर बुधबार कम्पनीको शेयर काराबार खुल्नेछ ।

कम्पनीले गत चैत २० देखि २५ गतेसम्म सर्बसाधारणमा १३ लाख ६६ हजार २०० कित्ता आइपीओ बिक्री गरेको थियो । जसमा आवेदन गर्ने लगानीकर्ताले अधिकतम २० कित्ता शेयर हात पारेका थिए ।

निजी क्षेत्रबाट प्रवद्धित हिमालय उर्जाले खिम्ती खोलामा १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको अपर खिम्ती जलविद्युत आयोजना निमार्ण गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here