शेयर बजारमा सूचीकृत कम्पनीहरुले दोस्रो त्रैमासमा गरेको प्रगति विवरण पस्केपछि सूचीकृत तीन वटा होटलहरु (SHL,TRH,OHL)को तुलनात्मक विवरण शेयर लगानी डटकमले प्रस्तुत गरेको छ ।

 

यो विवरण हेरौं

तारागाँउ रिजेन्सी होटलमा सरकारको शेयर स्वामित्व र जग्गा बिबाद कायम रहे पनि त्यो समाधानको चरणमा रहेको छ । तारागाँउ बिकास समितिले संचालक समितिमा प्रतिनिधित्व गरेर ६ बुँदे समाधानको बिषय प्रस्तुत गरेकाले त्यसमाथि चाँडै निर्णय आउँनसक्छ । अरु दुई होटलमा बिबाद देखिन्न ।

माथिको विवरणको आधारमा यो निश्कर्षमा पु्ग्न सकिन्छः

पाँच तारे यी होटलहरुको अबस्था हेर्दा लगानीकर्ताको लगानी डुब्ने अबस्था कत्ति पनि छैन् र लाभांश नपाईला भन्ने चिन्ता पनि लिन पर्दैन । संस्थागत सुशासनको अवस्था पनि सुधार हुने क्रममा रहेको देखिएको छ । तर कसरी र कुनमा लगानी गर्ने भन्ने कुरा लगानीकर्ताको छनौटको बिषय हो ।

शेयर बजारमा लगानी गर्दा जहिले पनि आफ्नो अध्ययन, विश्लेषण र जोखिमबहन क्षमता अनुसार गर्ने हो । यहाँ प्रस्तुत विवरणकै आधारमा मात्र लगानी सम्बन्धी धारणा नबनाउँनु राम्रो हुनेछ ।

ध्यान दिनुपर्ने केही कुरा

१. मूल्य आम्दानी अनुपात १५ गुणा भन्दा तल वा कम भएको राम्रो हो ।
२. प्रति शेयर नेटवर्थ धेरै भएको कम्पनी राम्रो हो ।
३. लाभांशको रुपमा बोनस कम तर नगद धेरै दिने कम्पनी राम्रो हो । यसो हुँदा प्रतिशेयर आम्दानी सन्तुलनमा रहनुका साथै बजारमा शेयर आपुर्ति कम रहि मूल्य स्थिर हुन्छ ।
४. प्रति शेयर सम्पतिको मूल्य धेरै भएको कम्पनी राम्रो हो ।
६. तुलनात्मक रुपमा शेयर मूल्य सस्तो रहेको राम्रो कम्पनीमा लगानी गर्दा जोखिम कम हुन्छ ।
६. जगेडा कोष राम्रो रहेको कम्पनीमा लगानी गर्दा लाभांश पाईने संभावना बढी हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here