सर्बसाधारणमा हाईड्रोपावरको प्राथमिक शेयर अर्थात आईपीओ बिक्री नभएपछि एकपछि अर्को प्रतायभुतकर्ता (अन्डरराईटर) ले हात झिक्दा १० वटा हाईड्रोको आईपीओ सम्बन्धी निबेदन धितोपत्र बोर्डमै रोकिएको छ ।

पछिल्लो समय हिमाल दोलखा र शिवश्री हाईड्रोको आईपीओ ठूलो परिमाणमा नबिकेर प्रत्याभुतले नै सकार्नु पर्दा कमिशनको लोभमा अन्डरराईटिड. गर्ने मर्चेन्ट बैंकरहरु एकाएक पछि हटेका छन् ।

बित्तीय अवस्था अत्यन्त कमजोर रहेका र लगानीकर्ताले तत्काल लाभांश पाउन नसक्ने त्यस्ता कम्पनीहरुको आईपीओ नबिक्ने यकिन भएपछि अन्डरराईटरहरु सम्झौता रद्ध गर्दै पछि हटेका हुन् । शिवश्री हाईड्रोको साढे ३३ लाख कित्ता मध्ये ७ लाख कित्ता मात्र शेयर बिकेपछि सीबीआईएल क्यापिटल र मुक्तिनाथ क्यापिटलको भागमा साढे १३ लाख कित्ता शेयर सकार्नु परेको छ । यसो हुँदा ती दुई क्यापिटलकै हालत खराब बनेको छ । उनीहरुले अनेक बहानाबाजी गरेर अन्तिम घडीमा शेयर नसकार्ने अडान लिए पनि उम्किनसक्ने अबस्था रहेन । त्यसैगरी हिमाल दोलखा हाइड्रोमा लक्ष्मी, एनबीबी लगायत चारवटा क्यापिटलले अनेक बहानाबाजी गरे पनि शेयर सकार्नु परेको थियो ।

सर्बसाधारणमा शेयर बिक्रीमा ल्याउन चाहने तनुहँ पावरको साढे १२ लाख, हिमालयन हाईड्रोपावरको साढे २२ लाख, शुभम पावरको ५ लाख ८० हजार, सीईडीबी हाईड्रोपावरको २५ लाख १८ हजार, मैलुड.खोला जलविद्युतको ७ लाख ३० हजार, माउन्टेन ईनजीको ३९ लाख ३६ हजार, ग्रिनलाईफ हाइृड्रोको ३४ लाख ९६ हजार, सिंगटी हाईड्रोको ४३ लाख ५० हजार, लिवर्टी ईनर्जीको ३७ लाख ५० हजार, युनाईटेड ईदिमर्दी हाईड्रोको १० लाख ५० हजार कित्ता आईपीओ स्वीकृतिको पखाईमा छन् ।

यी बाहेक मध्य भोटेकोशीको डेढ अर्ब, साहज उर्जाको एक अर्ब लगायत कम्तिमा २० वटा थप कम्पनीहरु सर्बसाधारणबाट रकम संकलन गर्न आईपीओ ल्याउनै पर्ने बाध्यतामा छन् । सरकारले ल्याउने जनताको जलबिद्युत नामको आयोजना निर्माणको शुरुवात नै नभएका हाईड्रोको शेयरको ओईरो लाग्ने नै छ ।

आईपीओ ल्याउन खोज्ने कतिपय हाईड्रो जिन्दगीभरि लाभांश दिन नसक्ने खालका छन् भने उनीहरुले रेटिड. कम्पनीसँग मिलिभगत गरी ग्रेड चार पाएर आईपीओ बिक्रीको लागि स्वीकृति माग्न आएका छन्, वास्तवमा उनीहरुको रेटिड. ग्रेड पाँच हो, त्यस्ताले आईपीओ ल्याउन पाउँदैनन् ।

हाईड्रोमा प्रबद्र्धकहरुले बदमासी गरी लागत महंगो हुनु, सर्बसाधराणले लाभांश पाउन लामो समय कुर्न पर्नु, जलबिद्युत कम्पनीहरुको आय सिमित हुनु र शेयर संख्या थपिदै जाँदा प्रति शेयर आम्दानी र लाभांश दर घट्दै जानु, शेयर बजारमा शेयर आपुर्ति बढेकाले मूल्य घट्ने क्रम तीब्र हुनु, सुचिकृत ३२ हाईड्रो मध्ये २१ वटाको शेयर मूल्ल्य १०० रुपैयाँ भन्दा तल रहनु, बोनस शेयर वितरणको घोषणा गरेका हाइृड्रोकै मूल्य १०० भन्दा तल रहनुले लगानीकर्तामा हाइृड्रोको शेयरप्रति विकर्षण पैदा भएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here