अर्जुन पौडेल ।

सरकारको २१ प्रतिशत स्वामित्व रहेको साल्ट ट्रेडिङ कर्पोरेसन(STC)मा सरकारले नून ढुवानीका लागि दिएको अनुदान रकम बराबरको शेयर स्वामित्व कायम गर्न दबाब परेको छ ।

यही कारणले सरकारले कर्पोरेसनको लाभांश वितरणमा समेत सहमति नदिएपछि गत बर्षको साधारणसभा अहिलेसम्म आब्हान हुन सकेको छैन । उसले नियमित रुपमा बित्तीय विवरण समेत प्रकाशन गर्न सकेको छैन ।

कर्पोरेसनको स्वामित्व धारण गरेका दुई वटा मन्त्रालय मध्ये एउटाले यही कारण लाभांश वितरणमा सहमति नदिएको बुझिएको छ ।

बैंक तथा वित्तिय संस्था साथै कम्पनीहरुलाई पुष महिना भित्र साधारणसभा सक्न चटारो परि रहेको बेला साल्ट ट्रेडिङको गत आर्थिक बर्ष अर्थात् २०७५-०७६ को साधारणसभाको टुंगो लाग्न नसक्दा अन्योल बढेको छ ।

कर्पोरेशन ब्यवस्थापनले भने ढुवानी अनुदान वापतको रकमलाई शेयरमा रुपान्तरण गर्नै नसकिने अडान लिएको छ ।

कर्पोरेशनका अधिकारी भन्छन्- नून तराईमा सस्तोमा बिक्री गर्न सकिन्छ, त्यही नून पहाड र हिमालमा पुर्याउँदा ढुवानीका कारण महंगो पर्न जान्छ । यसरी महंगोमा बिक्री गरिएको नून त्यही ढुवानीमा खर्च भएको रकमका कारण हो । अनि कहाँबाट रकम ल्याएर सरकारको नाममा शेयर थप्नु ?

कर्पोरेसनका सुचना अधिकृत कुमार राजभण्डारीले भने – सरकारले ढुवानी सेवा बापत सरकारको नाममा शेयर जारी गर्नुपर्ने कुरा कतै कतै सुनिए पनि आधिकारिक रुपमा आएको छैन, हल्लामात्र हो, एक दुईवटा मिडियाले  उचालेको मात्र हो ।

शेयर लगानीसँग कुरा गर्दै राजभण्डारीले गत बर्षको साधारणसभा भन्दा अगाडि नै बित्तीय विवरण  पुस महिना भित्र रजिष्ट्रारमा अपलोड गरिने र अबको २ महिना भित्र ५३ औं बार्षिक साधारण सभा आव्हन गरिने बताए ।

कुल १५ लाख ३४ हजार कित्ता शेयर मध्ये सरकारको नाममा २१.७९ प्रतिशत र सर्वसाधारणको नाममा ७८.२१ प्रतिशत शेयर रहेको कर्पोरेसनको आ.व २०७५।०७६ को प्रथम त्रैमासिक विवरण अनुसार कुल मुनाफा २८ करोड ८० लाख भन्दा माथि रहेको छ ।

कम्पनीको ५५ औं बार्षिक साधारणसभाले २५ प्रतिशत बोनस शेयर  वितरण गरे पश्चात कर्पोरेसनको चुक्ता पुँजी १५ करोड भन्दा माथि पुगेको छ ।

कसको कति स्वामित्व ?

स्रोत -बार्षिक प्रतिवेदन ०७४।०७५

यस्तो छ कम्पनीको बित्तीय अबस्था

१५ करोड ३४ लाख रुपैयाँ चुक्रा पूँजी रहेको कम्पनीको जगेडा कोषमा एक अर्ब ३१ करोड रुपैयाँ रहेको देखाइृएको छ ।

उसको चालु आर्थिक बर्षको पहिलो त्रैमासको बित्तीय विवरण अनुसार तीन महिनामा उसले एक करोड ६ लाख रुपैयाँ नाफा कमाएर प्रतिशेयर आम्दानी २७ रुपैयाँ कायम गरेको छ । प्रतिशेयर नेटवर्थ भने ६३२ रुपैयाँ छ ।

स्रोत ः चालु आवको पहिलो त्रैमासको बित्तीय विवरण

उसको प्रतिशेयर आम्दानी र अहिलेको शेयर मूल्यको आधारमा हिसाब गर्ने हो भने मूल्य आम्दानी अनुपात भने ७४ गुणा हुन आउँछ, जुन धेरै जोखिमपूर्ण हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here