कल्पना खड्का ।

शेयर बजारमा ९६ करोड रुपैयाँको प्राथमिक शेयर अर्थात आईपीओ बिक्री गरेको युनिभर्सल पावर कम्पनीले ९३ करोड बैंकको मुद्धतनी निक्षेपमा लगानी गरेको छ ।

कम्पनीले बैंकको कर्जा तिर्ने र आगामी बर्षदेखि लगानीकर्तालाई लाभांश दिने भन्दै आईपीओ बिक्री गरेको थियो । दोलखामा ११ मेगावट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको छ । उसले गत बर्षको माघमा ९६ लाख कित्ता आइपीओ बिक्री गरेको थियो ।

कम्पनीले प्रकाशित गरेको यस बर्षको पहिलो त्रैमासको बित्तीय विवरण अनुसार कम्पनीले बैंकको मुद्धती निक्षेपमा ९३ करोड रुपैयाँ लगानी गरेको देखिएको छ तर त्यसको अवधि खुलाइृएको छैन । त्यसैगरी ५ करोड ५८ लाख नगद रहेको छ । दुई अर्ब १० करोड चुक्ता पूँजी रहेको कम्पनीको जम्मा बैंक कर्जा भने एक अर्ब ५ करोड छ ।

कम्पनीले बैंकमा पैसा राखेर दुई करोड २४ आख आम्दानी गरी एक करोड ५३ लाख रुपैयाँ खुद नाफा गरेको छ र प्रति शेयर आम्दानी ७३ पैसा मात्र छ । १०२ रुपैयाँ प्रतिशेयर नेटवर्थ रहेको कम्पनीको शेयर मूल्य भने ७२ मा झरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here