बाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स नेप्सेले रोकेको होः राष्ट्र बैंकका अधिकारी

0
2889

नेपाल राष्ट्र बैंकका अधिकारीहरुले बाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स दिने कुरामा राष्ट्र बैंकको कुनै आपत्ति नरहेको र त्यसमा नेपाल स्टक एक्सचेन्जले बाधा सिर्जना गरेको खुलासा गरेका छन् ।

नेपाल ईन्भेष्टर्स फोरमले धितोपत्र तथा बित्त बजारमा हाल देखिएका समस्याहरुको समाधान गर्न केन्द्रीय बैंकलाई आग्रह गर्दै मंगलबार  पेश गरेको ज्ञापन पत्रको जवाफमा राष्ट्र बैंकका अधिकारीहरुले बाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स दिन बैंक सकारात्मक रहेको स्पष्ट पारेका हुन् ।

फोरमका एक अधिकारीले सेयर लगानी डटकमसँग कुरा गर्दै भने, राष्ट्र बैंकका अधिकारीहरुले बैंकलाई ब्रोकर लाईसेन्स दिनेबारे नेप्सेकै भुमिका शंकाष्पद रहेको राष्ट्र बैंकका अधिकारीहरुले आशंका गरेको देखियो, बैंकर्स एशोसियशनका अधिकारीहरुले पनि यही आशय ब्यक्त गरेका थिए ।

फोरमले ज्ञापन पत्रमा बैंकलाई ब्रोकर लाईसेन्स दिने सम्बन्धमा स्पष्ट दिशा निर्देश नभएको र राष्ट्र बैंककै बरिष्ठ अधिकारीहरु नेप्सेको संचालक समितिमा रहेकोले यसबारेमा तत्काल ठोस निर्णय गर्न राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपाल समक्ष माग गरेको छ । गभर्नरले सकारात्मक कदम चाल्ने आश्वाशन दिएको प्रतिनिधिमण्डलमा सहभागी फोरमका एक प्रतिनिधिले बताए ।

राष्ट्र बैंकका अधिकारीहरुले बैंकलाई ब्रोकर लाईसेन्स दिलाउने बारे नेपाल धितोपत्र बोर्ड र नेप्सेसँग पनि सम्बाद गरी अघि बढ्न सल्लाह दिएको फोरमका पदाधिकारीहरुले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here