अंग्रेजी नयाँ बर्षसँगै नेपाल भ्रमण बर्ष २०२० शुरु भएको दिन होटलका शेयर मूल्य किन्न तछाड मछाड गरेका लगानीकर्ता भोलिपल्ट भने सिमेन्टतर्फ लागेका छन् ।

अघिल्लो दिन धेरै मूल्य बढेको होटलहरुको शेयर पुस १७ गते बिहीबार भने केही सम्हालिएर बसेको छ ।
बिहीबार अधिकांश शेयर दलालहरुको कारोबार प्रणालीमा शिवम सिमेन्टको शेयर किन्नेहरुको भीड लाग्यो । सिमेन्टको शेयरमा धेरै माग देखिएपछि बीचको समयमा धेरै प्रतिशतले मूल्य बढे पनि अन्तिममा ४.४९ प्रतिशतले मूल्य बढेर कारोबार बन्द भयो । यस दिन शिवम सिमेन्टको १ लाख ८८ हजार कित्ता शेयर कारोबार हुँदा ९ करोड रुपैयाँ बराबरको कारोबार रकम नाघ्यो । यस दिन धेरै प्रतिशतले शेयर मूल्य बढ्नेमा जोशी हाईड्रोलगायतका साना कम्पनीहरु रहे ।

बाणिज्य बैंकहरुको शेयरमा सामान्य माग बढेको जस्तो देखिए पनि खासै फरक परेको देखिएन ।
५३ करोड बराबरको शेयर किनबेच हुँदा अधिकांश कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । अघिल्लो दिन शेयर मूल्य धेरै बढेको तीन वटै होटलहरुको शेयर मूल्य घटेको छ । शेयरको मूल्य धेरै बढेर फाईदा हुँदा अघिल्ला दिनहरुमा सस्तोमा शेयर किनेकाहरुले बेच्नु र मूल्य सच्चिनु स्वभाविक हो ।

यस दिन सूचक ३.२९ अंकले तल आई ११६६.२१ विन्दुमा कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here