शेयर बजारमा पुस २२ गते मंगलबार एक घण्टामै ३१ करोड रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ ।

शेयर बजारमा बाणिज्य बैंकहरुको शेयर मूल्य क्रम जारी रहेको बेला कारोबार रकम एक घण्टामै उच्च भएको हो । यस अवधिमा माछापुच्छ्रे बैंकको सर्वाधिक १२ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

शेयर मूल्य बढेको बेला माछापुच्छ्रे बैंकको संस्थापकबाट साधारणमा परिवर्तन भएको शेयर बिक्री गर्नेहरुले मौका छोप्दा सो बैंकको कारोबार उच्च भएको हो । अधिकांश कारोबार एकै शेयर दलालबाट म्याचिङ भएको छ ।

एक घण्टाको अवधिमा सूचक १३ अंकसम्मले बढेर १२१३ माथि पुगेको थियो भने वोमी लघुवित्त र साल्ट ट्रेडिङकै शेयर मूल्य धेरै बढेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here