सेयर कारोबार हुने साताको पाँच दिन मध्ये अन्तिम दिन अर्थात बिहीबार कारोबार
रकम र सेयर मूल्य दुबै बढेको छ । विहिबार केही कम्पनीको सेयर मूल्य बढेर सूचक ४ दशमलव ०३ अंकले उकालो लागेको छ भने कारोबार रकम पनि अघिल्लो दिन भन्दा ८ करोडले बढेर ४० करोड रुपैयाँ बढीको किनबेच भएको छ ।
वाणिज्य बैंक, व्यापार र अन्य समूहका सेयर मूल्य बढेको छ । अन्य समूहका नेपाल टेलिकमको सेयर मूल्य बृद्धिले खास महत्व राख्दछ । धेरै सेयर मूल्य घट्नेमा बीमा समुह रह्यो ।
बिहीबार नेप्से १५१० दशमलव ०२ अंकमा पुगेको छ भने बजार पूँजीकरण पाँच अर्बले बढेर १७ खर्ब ५२ अर्ब नाघेको छ ।