अपर हेवा खोला हाइड्रोपावरले २० लाख कित्ता साधारण शेयर (आइपीओ) निष्काशन गर्न बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र सर्वसाधारणलाई शेयर निष्काशन गर्न एनएमबि क्यापिटल लिमिटेडलाई शेयर बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

आइपीओ निष्काशन सम्बन्धि सम्झौतापत्रमा हाइड्रोपावरका प्रबन्ध सञ्चालक डेडराज खड्का र बिक्री प्रवन्धक एनएमबि क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कमलप्रसाद नेपालले हस्ताक्षर गरे ।

कम्पनीले सर्बसाधारणलाई १५ लाख कित्ता र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ५ लाख कित्ता गरी कुल २० लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको हो ।

हाल कम्पनीले संखुवासभा जिल्लाको हेवाखोलामा साढे ८ मेगावट क्षमताको जलविद्युत आयोजना निर्माण गरीरहेको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here