अपि पावर कम्पनीको शेयर मूल्य नेप्सेमा चैत १ गते समायोजन भएको छ ।


कम्पनीको बोनश तथा हकप्रद शेयर बापत मूल्य समायोजन भएको हो ।

नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ११४ रुपैयाँ ५० पैसा कायम गरेको छ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो।

कम्पनीले बोनस शेयर वितरण र हकप्रद शेयर बिक्री पश्चात पुनः हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सहित चैत ७ गते कार्की ब्यांक्वेट, माईतिघरमा बिहान ११ बजे १६ औँ वार्षिक साधारण सभा डाकेको छ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्नेप्रस्ताव पारित गर्नेछ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ रहेको छ। ५ प्रतिशत बोनस शेयर र ४७ प्रतिशत हकप्रद शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ८१ करोड ७२ हजार पुग्नेछ। कम्पनीले सोही चुक्ता पूँजीको १ बराबर ०.९०९६ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here