अपि पावरले धितोपत्र बोर्डमा २०० प्रतिशत हकप्रद निष्काशन गर्न आवेदन दिएकोमा पहिलो चरणमा ४७ प्रतिशत हकप्रद बिक्री गर्न स्वीकृति पाएको छ ।


विद्युत नियमन आयोगको सिफारिशमा कम्पनीलाई पहिलो चरणमा ४७ प्रतिशतले हुने ५६ लाख ७० हजार कित्ता बराबरको ५६ करोड ७० लाख रुपैंयाको हकप्रद निष्काशन गर्न बोर्डले स्वीकृति दिएको हो ।

चुक्ता पूँजी  पूँजीको ४७ प्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड ७७ लाख रुपैंया पुग्नेछ ।

हकप्रदबाट संकलन हुने पूँजी कम्पनीले निर्माण सुरु गरेको ४० मेगावाट क्षमताकोे माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणमा लगानी हुनेछ ।

बोर्डबाट स्वीकृत भएको हकप्रद जारी गरि सकेर आगामी आर्थिक बर्षको सुरुवातसँगै ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया निर्माणको प्रगती विवरण सहित दोस्रो चरणमा हकप्रद निष्काशन गर्न कम्पनीले धितोपत्र बोर्डमा फेरी आवेदन दिनेछ । यसका लागि कम्पनीले विद्युत नियमन आयोगबाट स्विकृति प्राप्त गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here