तिलक कोइराला ।

कोरोना संक्रमण देखिएसँगै नेपाली अर्थतन्त्रमा पनि गहिरो प्रभाव पर्ने संकेत देखिएको छ ।

यसका लागि सरकारले तत्काल विशेष कार्यक्रम ल्याउनुपर्छ ।

१. नेपाली अर्थतन्त्रलाई कारोना प्रभावबाट बचाउँन सरकार, राष्ट्र बैंक र निजी क्षेत्र मिलेर एक बृहत कोष खडा गरी त्यसैबाट प्रत्यक्ष प्रभावितलाई राहत प्याकेज घोषणा गर्नुपर्छ । कोषमा सरकारले बिकास खर्च गर्न नसकेको एक खर्ब रुपैयाँ जम्मा गर्ने, निजी क्षेत्रका १० अर्ब भन्दा बढी नेटवर्थ भएका कम्पनीले १० करोड, एक अर्ब भन्दा बढी नेटवर्थ भएका कम्पनीले एक करोड र १० करोड भन्दा बढी नेटवर्थ भएका कम्पनीले एक लाख रुपैयाँ जम्मा  गर्ने । निजी संस्थाले कुनै पनि कोष खडा नगर्ने र सर्बसाधारणले त्यस्तो कोषमा रकम जम्मा नगर्ने ।

२.उच्च पदस्थ सरकारी अधिकारीहरुको सबै खालको बैठक भत्ता निलम्बन गर्ने । केन्द्रदेखि स्थानीयतहसम्मका जनप्रतिनिधिहरुको सुविधा तथा भत्ता ५० प्रतिशतले कटौति गर्ने ।सबै उच्च पदस्थ पदाधिकारी तथा कर्मचारीको ईन्धन सुविधा पुरै निलम्बन गर्ने । सांसदलाई दिईएको बिकास बजेट खारेज गर्ने ।

३. कोरोनाबाट संक्रमित भएका ब्यक्ति र परिवारको सबै उपचार र खाना खर्च सो कोषबाट ब्यहोर्ने

४. कोरोनाबाट रोजगारी गुमाएका वा बेराजगारलाई मासिक ३ हजार रुपैयाँका दरले आगामी ३ महिनासम्म जीवन निर्वाह भत्ता उपलब्ध गराउने ।

. बचतको ब्याज दर् २ र मुद्धती निक्षेपको ब्याज दर ५ प्रतिशतमा झारी सबै प्रकारका कर्जाका ब्याज दरहरु १० प्रतिशत मुनी झारेर बैकिड. क्षेत्रलाई राहत दिने । कर्जाको सावाँ ब्याज तिर्ने अवधि २०७७ असार मसान्त कायम गर्ने र त्यसबेलासम्म नतिर्नेहरुलाई कुनै जरिवाना नलगाउने । पर्यटन क्षेत्रका प्रत्यक्ष प्रभावित उद्यमहरुको कर्जाको तीन महिनाको ब्याज मिनाहा गर्ने । आयकरमा ५० प्रतिशत छुट दिने ।

६. बैंकहरुको संचालन खर्च घटाउँन बाणिज्य बैंक भए एउटा र बिकास बैंक तथा फाईनान्स भए कम्तिमा पाँच वटा आपसमा गाभ्ने वा विलिन गराई संचालन खर्च घटाउने । बैंकका प्रमुख कार्यकारी र अधिकृत भन्दा माथिल्लो तहका कर्मचारीको पारिश्रमिक आधा घटाउने ।

७. तीन तहको झंझटिलो कर प्रणालीलाई संशोधन गरी ब्यवसाय गर्नेलाई राहत दिने ।

८. पूँजी बजारमा अल्पकालीन लगानी गरी लाभ लिनेहरुलाई हालको लाभकर कायम राखी अब शेयर किनेर ३ बर्षसम्म धारण गर्नेहरुका लागि २ प्रतिशत मात्र लाभकर लाग्ने ब्यवस्था गर्ने । बार्षिक २० हजार रुपैयाँसम्म पूँजीगत लाभकर तिर्नुपर्नेहरुका लागि छुटको ब्यवस्था गर्ने । साधारण शेयरधनीहरुलाई लाभांश कर पुरै छुट दिने ।

अर्थतन्त्रलाई राहत दिन अनेक उपायहरु हुन सक्छन् । अरु देशले के गरेका छन् भनेर हेर्न पनि सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here