शेयर बजारमा अल्पकालीन लगानकिर्ताले नाफा भएको शेयर बिक्रीमा राख्दा यस साता को शुरुकै दिनदेखि परेको बिक्री चाप दोस्रो दिन झन् बढ्यो ।

लाभांशका लागि शेयरधनी किताब बन्दको सूचना निकालेको एनएमबी बैंकमा बढेको मूल्यमा शेयर बिक्री गर्नेहरु सक्रिय हुँदा सर्बाधिक बढी रकमको कारोबार भएको छ तर यसमा शेयर मूल्य नघट्नुले लगानीकर्तालाई ३५ प्रतिशत लाभांशले तानेकै मान्नुपर्छ ।

गत साता धेरै मूल्य बढेका बीमा र लघुवित्त लगायतका कम्पनाीहरुमा पनि बिक्री चाप नै परेको छ भने कतिपय बाणिज्य बैंकको शेयर मूल्यमा कत्ति पनि तलमाथि नभई कारोबार भईरहेको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम झण्डै ३० करोडले कम हुनुलाई नयाँ लगानीकर्ताहरु पर्याप्त मात्रामा बजारमा प्रबेश गरिनसकेको र शेयरको मूल्य घट्न थाल्दा हच्किने प्रबृत्तिले काम गरेको रुपमा बुझ्नुपर्छ ।

मंसिर ३० गते सोमबार धेरै कम्पनीहरुको शेयर मूल्यमा गिरावट आउँदा सूचक १३.७५ अंकले तल आई ११५४.११ विन्दुमा अडिएको छ भने कारोबार रकम ४० करोड ७९ लाख भएको छ । अघिल्लो दिन १४ खर्ब ८३ अर्ब रहेको बजार पूँजीकरण १७ अर्बले तल आई १४ खर्ब ६६ अर्ब कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here