प्रतिनिधिसभाको समानुपातिक सूची बुझाउने अघिल्लो दिन आगामी शनिबार नै संसद विघटन हुने भएको छ । संसदमा प्रतिनिधित्व गर्ने पार्टी र संसद् सचिवालयका अधिकारीबीच भएको सहमतिले समानुपातिक उम्मेदवार मनोनयनको अघिल्लो दिनसम्म मात्रै संसद्को आयु कायम रहने निश्चित गरेको छ।

प्रतिनिधिसभा सदस्य मनोनयनको अघिल्लो दिन संसद्को आयु स्वतः समाप्त हुने संवैधानिक व्यवस्था रहेको छ । यसमा समानुपातिक तर्फको उम्मेदवारी दर्ता हुने दिनलाई मान्ने कि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता हुने दिनलाई मान्ने भन्ने कुरा यकिन भएको थिएन ।

प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने दिन कार्तिक ५ गते तोकिएकाले कार्तिक ४ गते संसदको आयु सकिने बताईदै आएको थियो तर अब असोज २९ गते समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाउने दिन भन्दा अघिल्लो दिन मात्र संसदको आयु काम रहने निश्चित भएको छ ।

संसदको म्याद अब दुई दिन मात्र बाँकी रहेकाले त्यस अगाडि नै अत्याबश्यक कामहरु सक्न संसद सचिवालयका अधिकारीहरु चटारो परेको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here