धादिड.मा ८.४ मेगावाटको आयोजना संचालन गरिरहेको आँखुखोला हाइड्रोपावरले निश्काशन गरेको १३ लाख कित्ता प्राथमिक शेयर (आईपीओ) मा पहिलो दिन नै झण्डै माग बराबरको आबेदन परेको छ ।

बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार मंगलबार पहिलो दिन नै ११ करोड ६३ लाख रुपैयाँ बराबरको आबेदन परेको हो ।

१६ हजार ४ सय ६० आबेदकले गरेको जम्मा रकमको हिसाब गर्दा आईपीओ बिक्री हुन अब डेढ लाख कित्ता मात्र बाँकी रहेको छ । धेरै जसो आबेदकले ५० कित्ताका दरले आबेदन गरेको देखिएको छ ।

कम्पनीले धादिड।बासीलाई बिक्री गर्न प्रयास गरेको ८ लाख कित्ताबाट बाँकी रहेको एक लाख ७६ हजार कित्ता समेत थप गरी सर्बसाधारणमा १३ लाख ७६ हजार कित्ता शेयर बिक्रीमा ल्याएकोमा त्यस मध्येको ६८ हजार ८०१ कित्ता शेयर दुई वटा सामुहिक लगानी कोषले हात पारेका थिए ।

१३ लाख ७६ हजार कित्ताबाट पाँच प्रतिशत अर्थात ६८ हजार ८०१ कित्ता सामुहिक लगानी कोषहरुका लागि छ्ट्याईएकोमा नबिल ब्लालेन्स फण्ड र एनआईसी एशिया ग्रोथ फण्डले बराबरी हात पारेका हुन् ।

आँखुखोलाले असोज २३ गतेदेखि २६ गतेसम्मका लागि सर्बसाधारणमा शेयर बिक्री खुला गरेको हो ।

आइपीओमा आवेदन दिन चाहनेले न्युनतम ५० कित्ता देखी अधिकतम ६ हजार कित्ता सम्मको लागि सी आश्वा वा मेरो शेयरमार्फत आबेदन गर्नसक्नेछन् ।

हाल ६० करोड चुक्ता पूँजी रहेको कम्पनिको आइपीओ बिक्रीपछि चुक्ता पूँजी ८० करोड पुग्नेछ ।

ईक्रा नेपालबाट ग्रेड पाँच रेटिङ्ग पाएको यस कम्पनिको अवस्था भने निकै कमजोर छ । अधिक लागतका कारण लाभांश पाउन लामो समय कुर्नुपर्छ ।

आँखुखोलाको आईपीओको प्रभु क्यापिटलले शत प्रतिशत प्रत्याभुति गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here