धौलागिरी लघुवित्तले आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरको छ ।

आधीखोला लघुवित्तसँग मर्जरको प्रकृयामा रहेको धौलागिरी लघुवित्तले दोस्रो त्रैमास सम्म आईपुग्दा ९६ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले दोस्रो त्रैमासमा मात्रै ५२ लाख ५७ हजार खुद नाफा आर्जन गरेको छ ।
चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा संस्थाको सञ्चालन मुनाफा एक करोड चार लाख ४३ हजार रहेको छ ।

संस्थाको ब्याज आम्दानी ५ करोड ७४ लाख ८२ हजार रहेको छ भने ब्याज खर्च २ करोड ३ लाख ६३ हजार रहेको छ ।

संस्थाले गत तीन महिनामा निष्क्रिय कर्जालाई ०.२३ प्रतिशतले घटाएर  नाफा गर्न सक्षम भएको छ । लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २७ रुपैयाँ ६४ पैसा रहेको छ ।

२०७७ वैशाख १ बाट सयुंक्त कारोबार गर्ने योजना सहित पुस २ गते बुधबार धौलागिरी लघुवित्त वित्तीय संस्था र स्याङजाको वयरघारीमा केन्द्रीय कार्यालय रहेको आधिँखोला लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

लघुवित्तको चुक्ता पुँजी ७ करोड रहेको छ भने मर्जरपछि एकीकृत कम्पनीको चुक्ता पूँजी १७ करोड पुग्नेछ भने ५५ शाखा कायम हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here