जारी पूँजीको ३० प्रतिशत अर्थात ६३ करोड रूपैयाँ बराबरको आईपिओ निष्काशन गर्ने प्रकृयामा रहेको रिलायन्स लाईफले आफ्नो दास्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार गत आर्थिक बर्षको दोस्रो त्रैमासको अन्त्यमा २२ करोड ४ लाख ९७ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । एक बर्षको अवधिमा १७६ प्रतिशतले खुद बिमा शुल्कमा बढोत्तरी गरेको छ । चालु आ.व.को पुस मसान्तसम्ममा ५७ करोड ७७ लाख ६५ हजार रुपैयाँ खुद बिमा शुल्क संकलन गरेको छ ।

चालु आ.व.को दोस्रो त्रैमास सकिदाँ ४ करोड ६५ लाख ६६ हजार रुपैयाँ खुद नाफा गरेको छ जुन अघिल्लो बर्षको सोही अवधिको तुलनामा ९२.७९ प्रतिशत धेरै हो ।

एक अर्ब ४७ लाख रुपैयाँ रहेको चुक्ता पूँजी इन्स्योरेन्सको जगेडा कोषमा १३ करोड ६२ लाख रुपैयाँ, जीवन बीमा कोषमा ७७ करोड ५९ लाख रुपैयाँ र महाविपत्ति कोषमा एक करोड ५१ लाख रुपैयाँ सञ्चित रहेको छ ।इन्स्योरन्सले हालसम्म ११ वटा दाबीवापत ६९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने एक दाबी वापतको १० लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ ।

संस्थाले जारी गर्न लागेको आईपीओ लाई इक्रा नेपालले इक्राएनपी आईपीओ ग्रेड ४ प्रदान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here