तिलक कोइराला ।

पहिलो बजार अर्थात प्राथमिक निश्काशन (आईपीओ) सबै आबेदकले शेयर प्राप्त गर्ने वातावरण निर्माण गर्नु ज्यादै सकारात्मक काम हो तर पछिल्लो समयमा थोरै पूँजी भएका लघुवित्तहरुले निश्काशन गर्ने केही हजार कित्ता आईपीओमा धेरै आबेदन पर्ने र बहुसंख्यक आबेदक रित्तो हात पर्नु पर्ने अबस्थाले पुरै शेयर बजारमै विकृति ल्याएको छ ।

लघुवित्त कम्पनीहरुले बिक्रीमा ल्याउने केही हजार कित्ता शेयर पाउँन तीन लाख भन्दा बढी आबेदकले पै्रसा खन्याउने, त्यस्तो शेयर केही हजार लगानीकर्तामा १० कित्ताको दरले छर्ने र दोस्रो बजारमा किनबेच हुँदा कर्नरिड. भई केही ब्यक्तिले केही लाख रुपैयाँ लगानी गरी कमाउँने यिवकृति बढ्दा शेयर बजारमा सर्बसाधारणले गर्ने लगानीमै जोखिम उत्पन्न गराएको छ । शेयर बजारमा अहिले कयों राम्रा कम्पनीको शेयर मूल्य प्रतिशेयर नेटवर्थ भन्दा तल, आईपीओको मूल्यमा र मूल्य आम्दानी अनुपात १५ गुणा भन्दा तल आईसक्दा अधिकांश कमजोर अबस्थाका लघुवित्तको शेयर मूल्य भने कयौं गुणा महंगो छ । शेयर बजारमा साना लघुवित्तको शेयरको संख्यात्मक आपुर्ति कम हुँदा राम्रा लघुवित्तको भन्दा कयौं महंगो मूल्य छ भने माउँ कम्पनीको शेयर धेरै सस्तो हुँदा उसको सहायक कम्पनीको शेयर भने छुनै नसकिने गरी महंगिएको छ । कतिपय त लाभांश नै दिन नसक्ने खालका कम्पनीहरुको पनि शेयर मूल्य आम्दानी अनुपातको २०० गुणा भन्दा बढी महंगो छ ।

कर्नरिड. गर्नेहरुले शेयर उठाउँदै गएर माथिल्लो विन्दुमा पुर्याई एकैचोटी धेरै माग सिर्जना गराएर बिक्री गर्ने गरेका छन् । यसमा “पम्प एण्ड डम्प” को रणनीति सफलतापुर्वक कार्यान्वयन भईरहेकाले सर्बसाधारण लगानीकर्ता अत्यधिक जोखिममा छन् ।

कसैले एक करोड रुपैयाँ हातमा लिएर योजनाबद्ध रुपमा खरिद गरी यस्ता कम्पनीहरुको शेयरको मूल्य चाहे अनुसार बढाएर सहजै रुपमा शेयर बजारबाट कमाउँनसक्छ तर आम लगानीकर्ताहरु भने जोखिममा पर्छन ।

जसले १० प्रतिशत लाभांश दिन सक्दैन, त्यस्ता लघुवित्त कम्पनीहरुको शेयर मूल्यलाई लगानीकर्ताहरुले प्रति कित्ता २ हजार रुपैयाँ भन्दा माथि गएर किनिरहेका छन्, जब कि १० प्रतिशत लाभांश दिनसक्ने अबस्थाको बाणिज्य बैंकको मूल्य १५० रुपैयाँ प्रतिकित्तामा ओलिएको छ भने त्यही खालको लाभांश दिनसक्ने फाईनान्स बिकास बैंकहरुको मूल्य ११० रुपैयाँदेअि १४० रुपैयाँसम्म छन् ।

आधारभुत अबस्था अति कमजोर रहेका लघुवित्तहरुमा सर्बसाधारण लगानीकर्ताहरुको अनौठो आकर्षण देखिनुमा राष्ट्र बैंक र धितोपत्र बोर्डको नीतिगत कमजोरीको ठूलो हात रहेको देखिन्छ । राष्ट्र बैंकले कमजोर पूँजी आधार भएका लघुवित्तहरुलाई मकै बाँडे जसरी लाईसेन्स बाँड्ने र धितोपत्र बोर्डले त्यस्ता लघुवित्तहरुको शेयर बिक्री गर्ने अनुमति दिएर १० कित्ताका दरले बाँडफाँड गर्नुपर्ने नीतिगत कमजोरी गरेकाले दोस्रो बजारमा कर्नरिडं गर्न खोज्नेहरुलाई सघाईरहेका छन् । निमायकहरुले नै यसरी खेल्न खोज्नेहरुलाई ठाउँ दिएका छन् भने दोस्रो बजारमा खेल्नेको के दोष ? भन्ने प्रश्न पनि उठ्छ ।

शेयर बजारलाई सुरक्षित बनाउँने र कुनै पनि लगानीकर्ताले गुमाउनु नपर्ने अबस्थाको सिर्जना गर्ने हो भने लाभांशमा आधारित लगानी गर्नेपर्छ । हैन, दोस्रो बजारमा उचाल र पछार नै शेयर बजार हो भने गुमाएर रुने र कराउनेहरुको भीड कहिल्यै कम हुँदैन ।

यस साता आईपीओ बिक्रीमा ल्याएको आशा लघुवित्तले माघ २५ गते शुक्रबार आबेदकहरुलाई शेयर बाँडफाँड गर्दा २ लाख ४६ हजार ११२ आवेदकले शेयर नपाएर रित्तो हात हुनु पर्यो ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार ६३ हजार ९ सय ९३ जनाले मात्र शेयर हात पार्न सके, त्यो पनि मुस्किलले १० कित्ता मात्र ।

लघुवित्तको शेयरमा कुल ३ लाख ९ हजार ७८२ आवेदन गरेका थिए । ६ करोड ३० लाख रुपैयाँ बराबरको ६ लाख २९ हजार  २९ हजार ९ सय ३० कित्ता आईपिओ का लागि १८ गुणा  बढीको शेयर माग भएको थियो ।

आशा लघुवित्तमा परेको आबेदनको लर्को हेर्दा आईपीओमा “बोरे प्रबृत्ति”को अझै चर्को दबदबा रहेको पुष्टि हुन्छ । बजारमा धेरै शेयर बिक्रीमा आउने कम्पनीहरुमा यति धेरै आबेदकको संख्या नहुने र पछिल्लो अबधिमा ठूला आईपीओमा आबेदनको घट्दो सहभागिताले पनि यस कुराको आँकलनलाई आधार दिन्छ । जसको शेयर संख्या कम छ र मूल्य धेरै उफार्न सकिन्छ, खेलाडीहरु त्यतै लागेका छन् ।

१४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आईपिओ निष्काशन पश्चात चुक्ता पूँजी २० करोड ७४ लाख रुपैयाँ पुगेको छ । अरु लघुवित्तको तुलनामा आशाको चुक्ता पूँजी धेरै र आईपीओमा बिक्री गरिएको शेयर पनि तुलनात्मक रुपमा धेरै हो तर लघुवित्तलाई “सुनको फूल पार्ने कुखुरी”को रुपमा लिने लगानीकर्ताहरुको प्रबृत्तिका कारण यस्ता कम्पनीहरुमा अनाहकमा आकर्षण बढेको देखिएको छ ।

दोस्रो बजारमै आईपीओको मूल्यमा लाभांश दिने कम्पनीहरुको शेयर पाईराखिएको हुँदा यसरी मारामारी गर्नु नपर्ने हो तर कसले कसलाई बुझाउने < र बजारलाई सुरक्षित पार्ने भन्ने ज्वलन्त सवाल छ । अझ हकप्रदको बहानामा उचालिएर यस्ता साना कम्पनीहरुको जोखिम बहन गर्न चाहने लगानीकर्तालाई त झन् के भन्ने ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here