आईपीओ निष्कासनको तयारीमा रहेको रिलायबल नेपाल लाईफ ईन्स्योरेन्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा १३ करोड २५ लाख नाफा कमाएको छ । गत आर्थिक बर्षको तुलनामा ३३.५६ प्रतिशतले नाफा बढेको हो, गतबर्षको पुस मसान्त सम्ममा कम्पनीले ९ करोड ९२ लाख नाफा कमाएको थियो ।

ईन्स्योरेन्सको खुद बिमा शुल्क गत बर्षको तुलनामा ७३.०८ प्रतिशतले बढेर ८६ करोड ११ लाख पुगेको छ ।

कम्पनीले १३ करोड ८७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । यो गत वर्षको यसै समयमा भन्दा ५०३.०४प्रतिशतले धेरै हो । गत वर्ष २ करोड ३० लाख रुपैयाँ दाबी भुक्तानी भएको थियो ।

ईन्स्योरेन्सको गत वर्ष २८ करोड १२ लाख रुपैयाँ रहेको बिमा कोष यो वर्ष ८७ करोड २६ लाख रुपैयाँ पुगेको हो ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५६ करोड ६५ लाख रुपैयाँ छ ।

कम्पनीले महाविपत्ति कोषका लागि ४ करोड ९० लाख रुपैयाँ छुट्याएको छ ।
प्रतिसेयर आम्दानी १८ रुपैयाँ ९४ पैसा र प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ९८ पैसा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here