शेयर बजारमा हाईड्रोका आइृपीओ नै नबिकेको बेला छ्याङदीे हाइड्रोपावरले शेयर धनीलाई हकप्रद बेचेर पैसा जुटाउने प्रस्ताब अघि सारेको छ ।

उसले आफनो चुक्ता पूँजी २७ करोडको ५ प्रतिशत १ करोड ३५ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशतले हुन आउने ७ लाख १० हजार ५२६ रुपैयाँ ३२ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि गरेको छ ।

बोनस वितरण पश्चात कायम हुने चुक्ता पूँजी २८ करोड ३५ लाख रुपैयाँको ३० प्रतिशत अर्थात ८ करोड ५० लाख ५० हजार रुपैयाँ बराबरको ८ लाख ५० हजार ५०० कित्ता हकप्रद निष्काशन गर्ने साधारण सभाबाट प्रस्ताव अनुमोदन गराउने भएको छ ।
कम्पनीले छैटौं वार्षिक साधारण सभा नक्साल बैंक्वेट नक्सालमा पुस २९ गते बोलाउने निर्णय गरेको हो । साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले पुस १५ गते बुकक्लोज गर्ने निर्णय भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here