शेयर बजारमा आइृपीओ भन्दा सस्तो अर्थात प्रति कित्ता ९५ रुपैयाँमा किनबेच भईरहेको अरुण भ्याली हाइृड्रोपावरले संचित कोषको समेत उपयोग गरी ७ प्रतिशत बोनस र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश प्रस्ताब गरेको छ ।

कम्पनीले अरु आयोजनामा लगानी गर्न पैसा चाहिएर पूँजी बढाउनु पर्ने आबश्यकताले बोनस शेयर वितरणमा जोड गरेको देखिन्छ ।

गत बर्षको चौथो त्रैमास प्रतिबेदन अनुसार ९३ करोड चुत्तःा पूँजी रहेको कम्पनीको जगेडा कोषमा ७ करोड ७८ लाख छ भने प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७४ पैसा कायम गरेको छ । उसको प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ भए पनि ९५ रुपैयाँ वा त्यो भन्दा तल्लो मूल्यमा शेयर कारोबार भईरहँदा ७ प्रतिशत बोनसपछि शेयर मूल्य समायोजन हुँदा मूल्य अझै घटन् सक्छ । अहिलेकै मूल्य कायम रहे त्यो ८८ रुपैयाँसम्म झर्नसक्छ भने मूल्य बढेमा समायोजित मूल्य माथि नै रहला ।

७ प्रतिशत पूँजी बृद्धिले प्रति शेयर आम्दानी गिरावटमा अरु भुमिका खेल्नसक्छ जबसम्म उसले लगानी गरेका अरु आयोजनाबाट आम्दानी प्राप्त हुँदैन । बजारमा शेयर संख्या थपिदा मूल्यमा पर्ने असर पनि आँकलनयोग्य नै छ । कम्पनीको संस्थागत सुशासन अर्को पाटो छदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here