आएसिएफसि फाइनान्स लिमिटेडको पौष ६ गते बुसेको सञ्चालक समितिको बैठकले साधारणसभको मिति तोकेको छ । बैठकले पौष २९ गते मंगलबारलाई साधारणसभा आवहान गरेको छ ।

साधारणसभा सिएमडी फुडल्याण्ड, टंगाल काठमाडौंमा दिनको ठिक ११ बजे शुरु हुनेछ ।

सभाबाट गत आ.व. मा कायम चुक्ता पुँजी ८८ करोड २१ लाखबाट आफ्ना शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिने छ ।

साधारणसभा प्रयोजनका लागि पौष १५ देखि पौष २९ सम्म बुक क्लोज रहने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here