आईसिएफसि फाइनान्स कम्पनीले फागुन १३ बाट आवेदन दिन मिल्ने गरि २० करोड बराबरको ऋणपत्र निष्काशन गर्न लागेको छ ।

कम्पनीले निष्काशन गर्ने प्रतिकित्ता एक हजार अंकित २ लाख कित्ता डिबेन्चरमा बार्षिक १२ प्रतिशत ब्याजादर भुक्तानी पाईनेछ । जुन हाल सम्म अन्य बैंक तथा वित्तीय संस्थाले दिएको ब्याजदर मध्ये सबैभन्दा बढि हो । कुल २ लाख कित्ता मध्ये एक लाख बीस हजार कित्ता प्राईभेट प्लेसमेन्ट मार्फत र बाँकि ८० लाख कित्ता (४ हजार कित्ता सामुहिक लगानी कोष समेत) सर्वसाधारणको लागि छुट्याईएको छ ।

उक्त ऋणपत्रलाई केयर रेटिङ नेपालले मध्यम कर्जा जोखिम जनाउने केयर एनपी ट्रिपल बी माईनस रेटिङ प्रदान गरेको छ । यसैगरि केयर रेटिङ नेपालले केयर एनपी ट्रिपल बी माइनस इस्युवर रेटिङ ग्रेडिङ प्रदान गरेको छ ।

नेपाल धितोपत्र बोर्डबाट माघ ६ गते अनुमति पाएको उक्त ऋणपत्र भोली अर्थात् फागुन १३ बाट निष्काशन खुल्ला हुनेछ भने  छिटोमा फागुन १६ गते र ढिलोमा फागुन फागुुन २७ गते बन्द हुनेछ । दरखास्त फारम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पुुर्ण आस्वा सदस्य बैंक तथा बित्तिय संस्था र तिनका शाखा कार्यालय मार्फत प्राप्त गर्न सकिने छ ।

कम्पनीको धितोपत्र निष्काशक तथा बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

ICFC DEBENTURE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here