सरकारले महंगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयातमा लगाएको प्रतिबन्ध हटाएको छ । मंसिर २० गते बसेको मन्त्रिपरिषद बैठकले गत बैसाखदेखि लगाईएको आयात प्रतिबन्ध फुकुवा गरेको हो ।
मुख्यसचिवको नेतृत्वमा गठित समितिले दिएको सुझावको आधारमा १० वटा बस्तुको आयातमा लगाईएको प्रतिबन्ध हटाएको छ। अब महंगा निजी गाडी , १५० सीसीमाथिका मोटरसाइकल, विदेशी तयारी मदिरा र ३ सय डलरमाथिका मोबाइल फोन आयात गर्न पाईने भएको छ ।
विदेशी मुद्राको संचिति कम भएपछि सरकारले आयातमा कडाई गरेको थियो । अहिले विदेशी मुद्राको संचिति बढेर ८ महिनाको सेवा तथा बस्तु आयात धान्न सकिने भएपछि आयात प्र्रतिबन्ध हटाईएको हो । आयात प्रतिबन्धका कारण सरकारी राजश्व असुलीमा प्रतिकुल प्रभाव परी साधारण खर्च समेत धान्न नसकिने अबस्था आएको थियो ।
आयात प्रतिबन्ध खुलेपछि राजश्व असुलीमा सुधार हुने अपेक्षा गरिएको छ । गाडी आयातकर्ताहरुले पनि सरकारलाई आयात खोल्न दबाब दिएका थिए ।