आरएमडीसी लघुवित्तको १२.५ प्रतिशत बोनस सेयर सेयर समायोजनपछि नेप्सले प्रतिकित्ता ५३६ रुपैयाँ मूल्य तोकेको छ ।

आरएमडिसी लघुवित्तको २१ औं साधारण सभा यहि २३ गते हुदैछ । साधारण सभाले १२.५ प्रतिशत नगद लाभांश र १२.५ प्रतिशत बोनस लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।

संस्थाको चुक्ता पुँजी ७९ करोड ९३ लाख रहेको छ । उक्त चुक्ता पुँजीको १२.५ प्रतिशतले हुन आउने बोनस शेयरको मूल्य प्रतिकित्ता ५३६ रुपैयाँ तोकेको छ ।

संस्थाका पुस ११ गते बुक क्लोज गरे सँगै हाल कारोबार बन्द छ ।

साथै, नेपाल इन्भेष्टमेन्ट बैंकले साधारण सभा प्रयोजनार्थ भोली पौष १४ गतेदेखि बुक क्लोज गर्दैछ ।

साधारण सभा पौष २८ गते राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गमा दिनको ठिक १० बजे शुरु हुनेछ ।

बैंकले गत वर्षको नाफाबाट बैंकले लगानीकर्तालाई १०.५५ प्रतिशत बोनस सेयर र ८.५५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

बोनस वितरणपछि बैंकको चुक्ता पुँजी १४ अर्ब २२ करोड पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here