आरएसडीसी लघुवित्तले भाद्र १५ गतेसम्म सेयर आफ्नो नाममा पारेका लगानीकर्ताहरुका लागि दुई कित्ता बराबर एक कित्ता दरले हकप्रद सेयर बेच्न सूचना जारी गरेको छ ।
आरएसडीसीले असोज दुई गतेदेखि कात्र्तिक ५ गतेसम्म हकप्रद सेयर बेच्न लागेको हो ।
उता, सेन्चुरी कमर्शियल बैंकले हकप्रद किन्ने म्याद असोज दुई गतेसम्म लम्ब्याएको छ ।
बैंकले निश्काशन गरेको ४० प्रतिशत हकप्रदमा भर्न देशमा हालै आएको बाढी पहिलोका कारण असहज अबस्था आएको भन्दै सेयरधनीलाई अफ्ठेरो परेको भन्दै म्याद थप गरिएको हो ।