चौतारी लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको आरम्भ लघुवित्तले कारोबार बृद्धि र खुद नाफा कमाईमा ठूलो फड्को मारेको छ ।
कम्पनीले गत आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा १३ करोड निक्षेप संकलन गरी ४० करोड कर्जा प्रबाह गरेकोमा यस बर्षको सोही अवधिसम्म १८ करोड निक्षेप पुर्याएर ६१ करोड कर्जा नघाएको छ ।
कम्पनीले गत बर्ष २२ लाख मात्र खुद नाफा गरेकोमा यस बर्षको दोस्रो त्रैमाससम्ममा ८१ लाख नघाएको छ । कम्पनीले निस्क्रिय कर्जा अनुपात समेत घटाएको छ । ६ करोड ४४ लाख चुक्ता पूँजी रहेको कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ नाघेको छ । उसको जगेडा कोषमा एक करोड ७३ लाख छ ।